प्रदेश
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतद्धारा रमजानको शुभकामना
१३ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व रमजानको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले सम्पुर्ण प्रदेशवासीहरुमा सुख, शान्ति, समृद्धि एंवम समृद्धीको शुभकामना व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज एक विज्ञप्ति जारी गर्दे शुभकामना सन्देश दिईएको हो । विज्ञप्तिमा भनिएको छः “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने..
मुख्यमन्त्री राई हेलिकप्टर मार्फत स्वास्थ्य सामाग्री लिएर निर्वाचन क्षेत्र जानुहुँदै
१३ वैशाख, विराटनगर । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको हतुवागढीमा कोरोना भाइरसको संक्रमित एक व्यक्ति फेलापरेपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई हेली हेलिकप्टर मार्फत स्वास्थ्य सामाग्री लिएर सो क्षेत्र प्रस्थान गर्नुहुने भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र चिकित्सकहरुको टोली सो क्षेत्रमा प्रस्थान गर्ने बताईएको छ । हतुवागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम..
काठमाण्डौँबाट उदयपुर जादैँ गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
१३ वैशाख, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस आज बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार शाहले जानकारी दिनुभयो । बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुटले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा मृत्यु भएको इन्स्पेक्टर शाहले बताउनुभयो । मृतक विश्वकर्माको..
लकडाउनको पूर्ण पालना गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रह
१२ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशवासीहरुलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । छैटौँ गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज शुभकामना शन्देश दिनुहुदै उहाँले यस्तो बताउनुभएको हो । भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुर्ननिर्माणमा जुटेको उहाँले बताउनुभएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य भएको बताउँदै उहाँले विश्व स्वास्थ्य..
प्रदेश–१ मन्त्रिपरिषद्को बैठक सम्पन्न, समपुरक अनुदानका लागि प्रस्ताव पेश गर्ने म्याद संशोधन
११ वैशाख, विराटनगर । प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद्को बैठक आज बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । मन्त्री कार्कीका अनुसार बैठकले सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली २०७६ को मस्यौदालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरि, मुख्यमन्त्री युवा उद्यमशिलता विकास कोष सञ्चालन नियमावली २०७६ को मस्यौदालाई पनि..
प्रदेश–१ प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी ईश्वरबाबु कार्कीलाई
९ बैशाख, विराटनगर । प्रदेश नं. १ को प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी ईश्वरबाबु कार्कीले सम्हाल्नु हुने छ । एसएसपीबाट डिआइजीमा बढुवा भएका नेपाल प्रहरीका दश जना अधिकृतलाई सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । सोही कार्यक्रममा प्रहरी अधिकृतहरुको पदस्थापन समेत गरिएको हो । जस अनुसार प्रदेश नं. १ को प्रहरी प्रमुखमा डिआइजी ईश्वरबाबु कार्की पदस्थापन हुनुभएको छ । बढुवा भएका अन्य १० डिआइजी मध्ये ७ जनालाई ७ वटै प्रदेश प्रहरीको..
लकडाउनकाे समयमा भारतबाट आएका वडाध्यक्षको आरडिटी परिक्षण पोजेटिभ देखियो
८ वैशाख, जनकपुरधाम । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको छ । भारतबाट एक महिनापछि फर्केका वडा अध्यक्षको आरडीटी विधिबाट परिक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हाे । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित..
साथिकाे कुटपिटबाट एक युवककाे मृत्यु
८ बैशाख, राैतहट । रौतहटको कटहरिया नगरपालिका हनुमान टाेलमा गएराति एक युवकको साथीको कुटाइबाट मृत्यु भएको छ । कटहरिया नगरपालिका-१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिटबाट मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए । साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल..
काठमाडाै महानगरले बिदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट सुरु गर्दै
काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड डाइग्नेाष्टिक टेष्ट थालेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेपछि विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको हाे छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै त्रास फैलिरहेकाेले परीक्षण गर्ने सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने..
अनेरास्ववियूद्वारा विद्यार्थीहरूलाई खाद्यान्न वितरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ । काेराेना भाइरस कोभिड–१९ को राेकथाम तथा नियन्त्रणका लागि जोखिम हुन नदिन लकडाउनले गर्दा समस्यमा परेका विद्यार्थीहरूलाइ खाद्यान्न वितरण गरेकाे हाे । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७