विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा

१९ भदौ, काठमाण्डौँ ।  विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा एक करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युट्युबबाट सार्वजनिक भएको उक्त..

प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा

१८ भदौ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’ उनले कुनै उपाय छ..

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

१३ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले..

नेपालमा हेरिने टप १० टेलिसिरियल

१ भदौ, काठमाण्डौँ । कुनै समय थियो, परिवारका सदस्यहरु एकसाथ नेपाली सिरियल हेर्ने गर्थे । त्यो समय सबैको हातमा मोबाइल हुँदैन थियो । इन्टरनेटको पहुँच अहिले जस्तो थिएन । नेटवर्कको समस्याका कारण टीभी झ्यारझ्यार नै आए तापनि एन्टिना घुमाउँदै मेरी बाँस्सै, तीतोसत्य, मदनबहादुर-हरिबहादुर आदि सिरियलले धेरैको दिनभरिको थकान मेटाउँथ्यो । तर समयसँगै माहोल बदलियो । प्रविधिको द्रुत विकास भयो । हरेकको हातमा मोबाइल फोनको पहुँच भयो । हरेकको घरमा ल्यापटप, कम्प्युटर..

रोङ गाउँपालिकामा ‘रोङ प्रतिभाको खोजी’ फाइनल अडिसन सम्पन्न

२३ असार, इलाम । इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् । त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन..

‘दान्भी’लाई मल्टिप्लेक्समा ६ वटा शो, पाँच वटा टिकटमात्र बुकिङ

१० असार, काठमाण्डौँ । चलचित्र ‘दान्भी’ गत शुक्रबार रिलिज भएको हो । चलचित्रमा पूजा शर्मा मुख्य भूमिकामा छिन् । रिलिज भएको दिन शुक्रबार र शनिबार केही हलमा राम्रै व्यापार गरेको यो चलचित्र अहिले भने बक्सअफिसमा कमजोर देखिएको छ । मंगलबार (भोलि)का लागि काठमाडौं उपत्यकामा देशकै ठूलो मल्टिप्लेक्स चेनले यो चलचित्रलाई ६ वटा शो दिएको छ । भाटभटेनी भक्तपुरको क्यूएफएक्समा दुई, छाया सेन्टरमा एक, सिभिल महलमा दुई र लाभिममा क्यूएफएक्सले एक..

गायिका अस्मिता र महेशले गरे दुबईमा इन्गेजमेन्ट

५ असार । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’

‘गाउँ आएको बाटो’ हेर्न झाकी सहितको टोली

२८ जेठ, झापा । दयाहाङ राई अभिनित चलचित्र 'गाउँ आएको बाटो' हेर्न आज दमकको डिम्याक्स सिनेमा हलमा किरात राई यायोक्खा कमल गाउपालिकाको टोली झाकी सहित आएको छ । माझ किरातको भोजपुरको बिकट गाउमा राई समुदायको एउटा परिवारले गरेको संघर्षलाई चलचित्रमा देखाईएको छ । चलचित्रमा किरात राई समुदायको मौलीकतालाई प्रस्तुत गरीएको हुनाले चलचित्र हेर्न यायोक्खा कमलको ३५ जनाको झाकी सहितको टोली आएको यायोक्खा कमलका अध्यक्ष सन्तोश राईले बताए । नेपाली अदिवासी..

कोशीमा सुरु भयो चलचित्र महोत्सव

७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र..

साइग्रेस पोखरेलले शनिवार बिर्तामोडमा कथा सुनाउने

१४ बैशाख, झापा । लोकप्रिय ‘कथा वाचक’ साइग्रेस पोखरेलले झापाको बिर्तामोडमा कथा सुनाउने भएका छन् । सीआईसी एजुकेशन हब बिर्तामोडको आयोजनामा हुने वर्ड टुर विथ साइग्रेसको कार्यक्रममा उनले कथा सुनाउने भएका हुन् । आगामी वैशाख १५ गते बिर्तामोड–२ चारपानेको पर्शुराम पार्टीप्यालेशमा दिउँसो १ः३० बजेबाट सुरु हुने कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तक्र्रिया गर्ने सीआईसी एजुकेशन हब बिर्तामोडकी ब्राञ्च म्यानेजर तथा सिनियर काउन्सीलर आस्मा लुईंटेलले बताइन् । युवा विद्यार्थी वर्गलाई..