प्रदेश–१ प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी ईश्वरबाबु कार्कीलाई

प्रदेश–१ प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी ईश्वरबाबु कार्कीलाई

९ बैशाख, विराटनगर । प्रदेश नं. १ को प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी ईश्वरबाबु कार्कीले सम्हाल्नु हुने छ ।

एसएसपीबाट डिआइजीमा बढुवा भएका नेपाल प्रहरीका दश जना अधिकृतलाई सोमबार दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । सोही कार्यक्रममा प्रहरी अधिकृतहरुको पदस्थापन समेत गरिएको हो ।

जस अनुसार प्रदेश नं. १ को प्रहरी प्रमुखमा डिआइजी ईश्वरबाबु कार्की पदस्थापन हुनुभएको छ । बढुवा भएका अन्य १० डिआइजी मध्ये ७ जनालाई ७ वटै प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

प्रदेश नं. १ को तत्कालीन प्रहरी प्रमुख डिआइजी ठाकुर प्रसाद ज्ञवाली बढुवा भएर नेपाल प्रहरी प्रमुख भएपछि सो पद पद रिक्त अवस्थामा रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर