लकडाउनका कारण काठमाण्डौँमा थुनिएका तीन सय बढी सुनसरीवासीको उद्धार

लकडाउनका कारण काठमाण्डौँमा थुनिएका तीन सय बढी सुनसरीवासीको उद्धार

१३ गते सुनसरी । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेका सुनसरीका करीव ३ सय जनालाई उद्धार गरि गृह जिल्ला ल्याईएको छ । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेकाहरुलाई जिल्लाका स्थानियह तहहरुले उद्धार गरी ल्याएको हो ।

काठमाण्डौबाट धरान उपमहानगरपालिकाले २०० जना र बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई उद्धार गरी ल्याइएको जनाएको छ ।

बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्रसम्म ल्याएको थियो । काठमाण्डौँ बराहक्षेत्र सम्पर्क मंचका सचिवालय सदस्य रमेश बिस्टका अनुसार चक्रघट्टीस्थित नगर अस्पतालमा ९६ जनाकै ज्वरो परीक्षण गरेर घरसम्म छाडिएको छ । काठमाण्डौबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

यता लकडाउनका कारण काठमाडौँमा अड्किएका धरानवासीलाई पनि उद्धार गरिएको छ । करिब २ सय जना शनिबार(आज) धरान आईपुगेका छन् । धरान उपमहानगरपालिका धरान काठमाडौँ सम्पर्क मञ्चले संयुक्त रुपमा काठमाडौँमा रहेका धरानेहरुलाई उद्धार गरी धरान ल्याएको जनाएको छ ।

धरानबाट ५ वटा बस र केही माईक्रोबसमा उनीहरूलाई धरानको प्रवेशद्वार तीनकुने सम्म ल्याइएको हो । उनिहरुको स्वास्थ्य परीक्षण गरेर होम क्वारेन्टाईनमा बस्न आग्रह गरी घर पठाईएको जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर