भृकुटी मण्डपमा कोइराला परिवारबाट उपस्थिति छैन

काठमाण्डौँ । राजधानीको भृकुटी मण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । हिजो उद्घाटन भएकोमा आज बन्दसत्र चलिरहेको छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु उपस्थित छैनन् । त्यसैगरी, कोइराला परिवारबाट कसैको पनि उपस्थिति देखिएको छैन । नेता शेखर कोइराला, डा.सशाँक कोइराला र नेतृ सुजाता कोइराला महाधिवेशनमा अनुपस्थित छन् । सुजाता नआए पनि उनले आफ्नो गुणगान गाएर लेखेको पुस्तक महाधिवेशन स्थलमा वितरण गरिएको छ । महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई..

इलाममा सवारी दुर्घटना, दुई जना घाइते

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ नेपालटारमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–ज ३६६१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ ४७६११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ताप्लेजुङ कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईं घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते..

तेह्र दिन पनि टिकेन वैकल्पिक शक्तिहरुको एकता, गुनासो पोख्दै बाहिरिए कुलमान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए । घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो ।..

इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता

। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र..

इलामका माओवादी नेता धिरेन शर्माले छाडे पार्टी

इलाम । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।” उनको यस घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।..

पर्यटनमा जोडिँदै दुई सय वर्षअघिको निसान पदमार्ग

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा पुस २३ (बुधबार) सुरु हुँदैछ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा गरिने भएको हो । पुस २६ मा सदरमुकाम आएर पदयात्रा समापन गरिनेछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब १ सय ५५ जनाले पदयात्रा गर्ने..

एमाले इलामको इन्चार्जमा पुन: राम राना

बिर्तामोड । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । सोअनुसार कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ । पार्टीले झापा जिल्ला इञ्चार्जमा रोमनाथ ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पनि ओली जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । यस्तै ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथर आइन्द्र सुन्दर नेम्वाङ, चौधरी, खोटाङ विशाल भट्टराई, ओखलढुंगा यज्ञराज सुनुवार, सोलुखुम्बु मानवीर राई, भोजपुर– हेमराज राई, संखुवासभा..

किरात राई यायोख्खा दमक ७ द्वारा रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

झापा । किरात राई यायोक्खा प्राराम्भिक कार्य समिती द्वारा दमक ०७ कार्यलयमा जेष्ठमा रक्तदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कि.रा.या. दमक ७ वडा समिती अध्यक्ष लालसुन्दर राईको अध्यक्षता भऐको कार्यक्रमको प्रमुख अतिथी दमक ७ वडाध्यक्ष भिम प्रसाद पौडेल, बिशिष्ठ अतिथी समाजसेवि साहित्यकार सुमित्रा वागंदेल चेली, यायोक्खा नगर समिती  सचिव साथै किरात याक्थुम चुम्लुङ वडा ७ अध्यक्ष महेन्द्र योगंया, निलकण्ठ टोल बिकासको अध्यक्ष देब बिश्वजित, नमुना ब्याडमिन्टन सचिब धनेश्वर कार्की,..

काँकडभिट्टा नाकाबाट पाँच अर्ब ५३ करोड बढीको अलैँची निर्यात

झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ । कार्यालयका अनुसार उक्त अवधिमा रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै..

पूर्व प्रधानमन्त्री खनाल सहित नेकपा इलामको उम्मेदवार सिफारिस

इलाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम जिल्लाको कार्यदल बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित उम्मेदवार सिफारिस गरेको छ । विजय खम्बुको अध्यक्षतामा साविक नेकपा (एकीकृत समाजवादी) को निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालय फिक्कलमा सम्पन्न भएको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा (प्रत्यक्ष), समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समिति र केन्द्रमा सिफारिस..