झापाका बाढीपीडित अझै सडकमा

झापा । बाँसको चित्रामाथि माटोले लिपेर बनाइएको घर अब बस्न सकिने अवस्थामा छैन। घरमा राखिएका अन्नपात पानीले भिजेर खानै नसकिने भएका छन्। हेर्दा घर सग्लो देखिए पनि भित्र कुनै सामान बाँकी छैन — सबै पानीले भिजेका छन्। अन्ततः झापाका बाढीपीडित सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। ‘सडकमा सामूहिक रूपमा खाना बनाएर खान्छौँ। सडकमै बास छ हाम्रो,’ झापा गाउँपालिका–२ सुगाबथानका धरमलाल हेमरम भन्छन्, ‘घरमा राखेका अन्नपात केही पनि बाँकी छैन। सुरुमा बाढीबाट..

बाढी–पहिरोबाट कोशी प्रदेशमा मात्रै २ अर्ब ६ करोड बढीको क्षति

इलाम । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट कोशी प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजनाहरु गरेर २ अर्ब ६ करोड बढीको क्षति भएको सरकारले जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी..

इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

विराटनगर । कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिले सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका ८ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्राकृतिक विपत्तिपछिको अवस्थाबारे छलफल गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको..

राहतको पोको खोल्दै कोशी सरकार, केन्द्रको मुख नताक्ने

विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् । ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’..

इलामको सूर्याेदय देशको छैटौं, कोशीको पहिलो

इलाम ।  इलामको सूर्याेदय नगरपालिका २०८०र०८१ सालको स्थानीय तह क्षमता स्वःमूल्यांकन (लिसा)मा देशकै छैटौं र कोशी प्रदेशको पहिलो भएको छ । इलाम नगरपालिका देशको सातौं र प्रदेशको दोस्रो स्थानमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संयोजन मूल्यांकनमा सूर्याेदय ९०.५ अंक प्राप्त गरेको छ भने इलाम नगरले ९० अंक पाएको छ । सूर्याेदय देशभर छैटौं भएसँगै कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये पनि पहिलो भएको हो । राष्ट्रिय..

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त

२८ साउन, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ..

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत..

बागमतीमा नयाँ सरकार गठनको विकल्प के हुन्छ ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रियामा अन्योल देखिएको छ । तर कांग्रेस नेतृत्वले बालुवाटार पुगेर यो समस्याको निकास दिने जानकारी एमाले नेतृत्वलाई गराएको छ । तर, दलभित्रै सहमति नजुट्दा सहजै मुख्यमन्त्रीको कुर्सी हस्तान्तरण नहुने अवस्था छ । लामा गत वर्ष साउन ८ गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसैले संवैधानिक बाध्यताअनुसार राजीनामा नदिएमा अविश्वास..

महेन्द्र मोरङ क्याम्पसमा नेवि संघले गर्यो आगजनी र तालाबन्दी

विराटनगर, २८ फागुन । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए । निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो । नेपाल विद्यार्थी सङ्घको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र..

दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता हुदै

फागुन ६, दमक । झापाको दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी युवाहरुको समूह माटाडोर ब्रोदर्स एफसिको आयोजनामा हुन लागेको हो । दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता फागुन १६ र १७ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद..