१२ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशवासीहरुलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । छैटौँ गोरखा भूकम्प स्मृति दिवसका अवसरमा आज शुभकामना शन्देश दिनुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्य बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुर्ननिर्माणमा जुटेको उहाँले बताउनुभएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य भएको बताउँदै उहाँले विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।