प्रदेश
नोबेल अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिको माग
२१ वैशाख, हेटौडा । उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतितिनिधिले माग गरेका छन् । आज बिहान जिल्ला सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यहरु विमल कार्की, नारायण बुर्जा मगर तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दे नोबेल अस्पतालमाथी कार्वाहीको माग गर्नुभएको हो । केही दिन अघिमात्र उदयपुरको त्रियुगा–११ की २९ वर्षिया सरस्वती रौनियार प्रसुति गराउन नोबेल अस्पतालमा..
राजनीतिक परिवर्तनका लागि नेपाली पत्रकारिताको भूमिका उल्लेख्य छः वाग्मती प्रदेश मुख्यमन्त्री पौडेल
२१ वैशाख, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गर्नुहुँदैँ मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । ‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण..
प्रेसलाई भयमुक्त बनाउन प्रदेश–५ सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोख्रेल
२१ वैशाख, वुटवल । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेका बताउँदै उहाँले शुभकामना शन्देश दिनुभएको हो । उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र..
प्रदेश–२ का मुख्यमन्त्री राउतद्धारा प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२१ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना शन्देश दिनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताको पक्षधर सञ्चारकर्मी र बुद्धिजीवीहरुमा शुभकामना शुभेच्छा व्यक्त गर्नुभएको हो । उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ । मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।
राज्यमन्त्री गजमेरद्धारा स्वास्थ्यकर्मीका लागि पिपिई हस्तान्तरण
२० वैशाख, झापा । झापा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । राज्यमन्त्री गजमेरले १ सय ५० थान पिपइ, दुई हजार ८ सय थान सर्जिकल मास्क, ५ सय थान पञ्जा र १ सय ५० थान एन–९५ मास्क शुक्रवार(हिजो) स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर..
प्रदेश–१ प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरुबिच भिडियो कन्फ्रेन्स
१७ वैशाख, सुनसरी । प्रदेश नं. १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले प्रदेश एक भित्रका जिल्ला प्रहरी प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नुभएको छ । भिडियो कन्फ्रेन्स मार्फत कार्कीले लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरीलाइ आवश्यक सुरक्षाको उपाँयहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा खट्न, आम सर्वसाधरणलाई पर्चा पम्प्लेट बितरण गर्न तथा सचेतना सम्वन्धी माईकिङ गर्न निर्देशन गर्नुभएको छ । त्यसैगरी लकडाउनको समय लम्बिदै जाँदा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने..
कोरोनाको कारण त्रसित नहुन मुख्यमन्त्री राईको आग्रहः “सरकारको तयारी राम्रो छ ।”
१४ वैशाख, सुनसरी । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण त्रसित नहुन आग्रह गर्नुभएको छ । प्रदेश–१ मा कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिए पनि सरकारले राम्रो तयारी गरेको हुनाले नआत्तिन तर सचेत हुन आग्रह गर्नुभएको हो । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि सञ्चालनमा आएको कोरोना अस्पतालको निरीक्षण पछि सञ्चारकर्मी संग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश–१ कोरोना भाइरसको केन्द्रको रुपमा देखापरेको..
वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
१४ वैशाख, जनकपुरधाम । पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गृह खबरलाई जानकारी दिनुभयो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत्र ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको..
लकडाउनका कारण काठमाण्डौँमा थुनिएका तीन सय बढी सुनसरीवासीको उद्धार
१३ गते सुनसरी । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेका सुनसरीका करीव ३ सय जनालाई उद्धार गरि गृह जिल्ला ल्याईएको छ । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेकाहरुलाई जिल्लाका स्थानियह तहहरुले उद्धार गरी ल्याएको हो । काठमाण्डौबाट धरान उपमहानगरपालिकाले २०० जना र बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई उद्धार गरी ल्याइएको जनाएको छ । बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्रसम्म ल्याएको थियो । काठमाण्डौँ बराहक्षेत्र सम्पर्क मंचका..
प्रदेशका–१ का मुख्यमन्त्री राई सहित दुई मन्त्री कोरोना प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा
१३ वैशाख, उदयपुर । कोरोना भाइरस संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश–१ का दुई मन्त्री पुगेर अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोरोना संक्रमित क्षेत्रको वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गर्नुभएको होे । मुख्यमन्त्रीसहितको टोली भोजपुरको हतुवागढी गाउँपालिकाको स्थलगत अनुगमन सकेर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७