प्रदेश
बजार अनुगमनमा म्याद सकिएकाे खाद्यवस्तु भेटिए
बाग्लुङ, ७ बैशाख । बाग्लुङकाे ताराखाेला गाउँपालिकाले बजार अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । लकडाउनको समयमा कालोबजारी मौलाएको र मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि ताराखोला गाउँपालिकाले बजार अनुगमन थालेको हाे । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य..
तेह्रथुममा एक सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट, तीन जनाको रिपोर्ट पोजिटिभ
७ वैशाख, तेह्रथुम । तेह्रथुममा भएको १ सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्टमा तीन जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । जिल्लाका दुई नगरपालिका र चार वटा गाउँपालिकामा एक साथ भएको र्यापिड टेष्ट परिक्षणमा पोजिटिभ रिपोर्ट आएका तीन जना र शंकास्पद सात जना गरी १० जनाको स्वाब संकलन गरी पीसीआर टेष्टकालागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलय तेह्र्रथुमका प्रमुख जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले बताउनुभयो । पीसीआर टेष्ट पछि..
बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस मुक्त, डिस्चार्जको तयारी
६ बैशाख, बाग्लुङ । कोरोनाभाइरससंग अस्पतालमा लडीरहेकी बागलुङकी ६५ वर्षीया वृद्धाले भाइरसलाई परास्त गरेकी छिन् । कोरोनाको संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त भएकी छिन् । कोरोना संक्रमणको पुष्टि भए लगत्तै देखी उनि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेकी छिन् । हालै परिक्षण गरिएको उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो । उनमा अस्ति बिहीबार गरिएको तेस्रो रिपोर्ट र आज..
मोरङमा लकडाउन तोड्ने ९८ जनालाई सडकमै कार्वाही
६ वैशाख, सुनसरी । सुनसरीमा लकडाउन तोड्नेलाई प्रहरीले सडकमै कार्वाही थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने ९८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले शनिवार बिहानदेखी सुनसरीका विभिन्न सडकमा पैदल हिड्दै गरेको अवस्थामा जिल्ला भित्रका ५० जना र बाहिरी जिल्लाबाट सुनसरी आएका ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । उपरीक्षक पोख्ररेलले घरबाट काम बिना बाहिर सडकमा हिड्डुल गर्दै..
सनसिटी अपार्टमेन्टका ३ जना कोरोना संक्रमित परिवारसंगै यात्रा गर्ने ८ जना सुनसरीवासी रहेको फेला
६ बैशाख, सुनसरी । काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ३ जना कोरोना भाइरस संक्रमित परिवार संगै यात्रा गर्नेहरु मध्ये ८ जना सुनसरीवासी रहेको फेला परेको छ ।बेला यतबाट कतार एयरवेजको क्यु.आर. ६४४ नम्बरको जहाजमा गत मार्च २० तारीखका दिन नेपाल आएका मध्ये ८ जना सुनसरीका नागरीक रहेको फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ । अहिले सुनसरी प्रहरीले ति ८ जनाको खोजी सुरु जनाएको छ । प्रहरी उपरिक्षक यज्ञविनोद..
घरबाहिर मान्छे देख्नसाथ सिधै क्वारेन्टाइनमा लगेर राख्छौंः सुनसरी प्रहरी
६ बैशाख, सुनसरी । पछिल्लो पटक प्रदेश नं. १ मा एकै दिनमा १२ जना कोरोना संक्रमित फेला परेपछि आजबाट लकडाउन झन् कडाईका साथ लागू गरिएको छ । प्रदेश नं. १ को उदयपुरमा रहेको मस्जिदमा १२ जना कोरोना सक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट लकडाउनमा कडाई गरेको होे । उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना संक्रमणको पुष्टी भएपछि सुनसरीमा आजबाट मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको..
हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो
६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको..
मकैमा फैजि किराको प्रकोप, किसान चिन्तित
६ बैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएपछि किसान चिन्तित बनेका छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले नगरको वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका क्षेत्रमा धेरै असर पुर्याको छ । बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसे असपासका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं. ४ का वडाध्यक्ष डिल्लीकुमार..
दुहवी नगरपालिकाको राहत कोषमा प्रदेश सांसद बस्नेतद्धारा खाद्यान्न सहयोग
५ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई प्रदेश नं. १ का सांसद निलम बस्नेतले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । सांसद बस्नेतले दुहवी नगरपालिकाको राहत कोषका लागी खाद्यान्न सामग्री नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नुभएको हो । विश्व महामारीको रुपमा फैलिदै गएको कोभिड–१९ को संम्भावित संक्रमणको जोखीमलाई लिएर सरकारले करिव तिन साता देखी लकडाउन लगाएको छ । लकडाउनको समयमा गरीब र न्युन आय भएका वर्गकालागि राहत मिलोस भन्ने ध्येयका साथ..
औषधीजन्य बस्तुमा ठगी गर्ने मेडिकललाई दुई लाख जरिवाना
५ बैशाख, नेपालगन्ज । लकडानको बेला औषधीजन्य बस्तु तोकिएको भन्दा महंगो मुल्यमा विक्रि गरेको भन्दै बाँकेको नेपालगन्जमा रहेको हिल्स मेडी सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । संयक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा तोकिएभन्दा बढी मुल्यमा ह्याण्डवास, स्यानीटाइजर जस्ता सामानहरु बिक्री गरेको पाएपछि जरिवाना गरेको हो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७