महाेत्तरीमा आरडिटी टेष्ट सुरू, हालसम्म सबै रिपाेर्ट नेगेटिभ

महाेत्तरी, ५ बैशाख । महाेत्तरी जिल्ला १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको छ । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको  हाे । पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका क्वारेन्टाइनमा गत चैत २०..

चैत्र ४ गते कतारबाट फर्केका युवकलाई एक महिनापछि क्वारेन्टाइनमा राखियाे

राैतहट, ५ बैशाख । राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका १ का एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ । युवक गत चैत ४ गते कतारबाट  कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट फर्किएर घरमै बसेका थिए । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ मा आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल लगेको हो । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा..

झापाका चिया उद्योगहरु वैशाख ७ गतेदेखि खुल्ने

५ बैशाख, झापा । विगत तिन साता देखी जारी लकडाउनले ठप्प भएका झापाका चिया उद्योगहरु आउदो वैशाख ७ गते देखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा हिजो बिहीबार बसेको बैठकबाट जिल्लाका ४ चिया उद्योगहरु खुलाइने सहमति भएको बताईएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको बताईएको छ ।..

लकडाउनकाे सातादिनमा नतिजा प्रकाशित गर्ने, तर प्रदेश २ मा परिक्षा नभएकाे

जनकपुरधाम, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९) काे जाेखिमलाइ मध्यनजर गर्दै सरकारले चैत्र ५ गतेसम्म कक्षा १ देखी कक्षा ९ सम्मका परिक्षा सक्नका लागि व्यवस्था गर्न गराउन सुचना जारी गरेकाे थियाे । तर प्रदेश नं. २ का निजी विद्यालयहरूमा भने परिक्षा नै नलिएकाे खुलासा भएकाे छ । सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरिरहेकाे बेला  प्रदेश २ अन्तर्गतका आठ जिल्लाका..

प्रदेश–१ को योजना, बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी दिग्दर्शन सार्वजनिक, दश शीर्षका ५ अर्ब बजेट रोक्का

४ बैशाख, मोरङ । प्रदेश नं. १ सरकारले प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी दिग्दर्शन सार्वजनिक गरेको छ । आर्थिक, मामिला तथा योजना मन्त्रालयले तयार पारेको दिग्दर्शन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभएको हो । योजना संकलन, छनौट तथा तर्जुमा गर्ने आधार र त्यसको विधिहरु उल्लेख गरिएको दिग्दर्शन समान र समानुपातिक विकासका लागि महत्वपूर्ण हुने विश्वास अर्थमन्त्रालयको छ । विगतमा योजना छनौट र बजेट विनियोजनका..

गाेरू काटेकाे अभियाेगमा तामाङ पक्राउ

४, बैशाख, खोटाङ । खाेटाङकाे साकेला गाउँपालिका वडा नं. ३ खिदीमाका ५५ वर्षीय बुद्धिमान तामाङ गोरु काटेको अभियोगमा पक्राउ परेका छन् । मंगलबार बेलुकी गोरु काटिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हाे । उनलाई बुधबार बेलुकी जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहीबार म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

माेरङकाे टाँडीमा रहेकाे क्वारेन्टिनबाट ९९ जना घर फर्किए

माेरङ, ४ वैशाख । माेरङकाे टाडीमा १ नम्बर प्रदेश सरकारले तयार पारेको क्वारेन्टिनबाट बिहीबारसम्म ९९ जना घर फर्किएका छन् । लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई उक्त क्वारेन्टिनमा राखिएको थियो । काेराेना परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ देखिएपछि घर पठाउन थालिएकाे हाे । क्वारेन्टाइनस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले घर फर्कने व्यक्तिलाई उसको स्थायी ठेगाना भएको स्थानीय तहको जिम्मा लगाएको..

चिकित्सक कुटपिट घटना सार्वजनिक, महाराजगञ्जका डीएसपी उमेशराज लम्साल छानबिनमा

४ वैशाख, काठमाडौं ।  लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । त्यहाँबाट लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताएका छन् । बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन..

धरानका एक स्वास्थ्यकर्मीमाथि प्रहरीद्धारा कुटपिट, विरोधमा स्वास्थ्य संथाहरु बन्द

४ बैशाख, सुनसरी । सुनसरीको धरान–२० स्थित विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई पानमारा चौकीका प्रमुख सही भेषबहादुर राउतले पाईपले कुटपिट गरेको बताईएको छ । बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा आफूमाथी आज बिहान कुटपिट भएको खनालले बताएका छन् । आफू स्वास्थ्यकर्मी भएको र परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको उनले बताए । कुटपिटबाट उनको घाटीँ नजिकैको..

सुनसरी जिल्ला अदालबाट १ वर्ष कमको कैद भुक्तान गर्न बाँकी रहेका १४ जनाले पाए रिहाइ

४ बैशाख, सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कम कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी र ७ जना बालक रिहा भएका छन । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपैँया तिरेकाले १४ जना कैदी रिहा भएको बताईएको छ । सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलका अनुसार बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि..