स्वास्थ्य / जीवनशैली

झापामा थपिए क्षयरोगका ६१६ जना नयाँ बिरामी
८ फागुन, झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् । स्रोत व्यक्ति दासका अनुसार चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला..

‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान
२७ माघ, झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०।८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताउनुभयो । वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५..

सरकारी दमक अस्पतालमा जटिल विरामीका लागि आइसीयू विस्तार गरिने
२९ मंसिर, झापा । झापाको दमक–१ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ । दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल, लायन्स अगुवाको हस्ताक्षार छ । दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव..

डेङ्गी सङ्क्रमणबाट झापामा दुईको मृत्यु, प्रदेशभर १ हजार ६५ जना सङ्क्रमित
२४ भदौ, झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।..

झापामा पहिलो पटक एमबीबीएस पढाई हुने
२२ भदौ, झापा । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता भएको हो । आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार एमबीबीएसको पठनपाठन यसै शैक्षिक शत्रबाट सुरु हुने छ । पहिलो चरणमा ५० सिट पाएको विएण्डसीको क्षमता..

निजी अस्पतालमा पनि बीमाको सुविधा दिनुपर्ने स्वास्थ्य मन्त्रीको भनाई
२२ भदौँ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको सुनाए । सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्न लागिएको उनको भनाइ छ । त्यसका लागि बीमा बोर्ड..

दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयले दियो ३० लाखको स्वास्थ्य उपकरण
१० भदौ, झापा । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट रु ३० लाख मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ । दमक अस्पतालको सेवा विस्तारमा सघाउ पु–याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण शाहले जानकारी दिनुभयो । उहाँले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास..

झापाको मेचीनगरमा निर्मित एक हजार शैयाको होल्डिङ सेन्टर प्रयोगविहीन
१० भदौ, झापा । झापाको मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोना महामारीको समयमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ । कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा रु २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो । चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न..

झापामा १३० मा डेंगु संक्रमण, सतर्कता अपनाउन आग्रह
१७ साउन, झापा । नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवनाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने..

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा
१५ साउन, झापा । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ..