प्रदेशका–१ का मुख्यमन्त्री राई सहित दुई मन्त्री कोरोना प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा

प्रदेशका–१ का मुख्यमन्त्री राई सहित दुई मन्त्री कोरोना प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा

१३ वैशाख, उदयपुर । कोरोना भाइरस संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्री शेरधन राई सहित प्रदेश–१ का दुई मन्त्री पुगेर अनुगमन गर्नुभएको छ ।

मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोरोना संक्रमित क्षेत्रको वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गर्नुभएको होे । मुख्यमन्त्रीसहितको टोली भोजपुरको हतुवागढी गाउँपालिकाको स्थलगत अनुगमन सकेर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको अनुगमन गर्नुभएको छ । हतुवागढीमा साउदीबाट आएका एक युवामा विहीबार मात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यस्तै, उदयपुरको भुल्केमा मात्र २८ जना कोरोना संक्रमित भेटिसकिएका छन् । सो क्षेत्रमा अहिले लकडाउन अत्यन्तै कडा गरिएको छ भने गाउँका सयौंको कोरोना परीक्षण पनि गरिएको छ ।

मुख्यमन्त्रीसहितको टोलीलाई भुल्केमा उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो । सो पश्चात त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले वस्तुस्थिति एवं समस्याहरुबारे ब्रिफिङ गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर