प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतद्धारा रमजानको शुभकामना

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतद्धारा रमजानको शुभकामना

१३ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व रमजानको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले सम्पुर्ण प्रदेशवासीहरुमा सुख, शान्ति, समृद्धि एंवम समृद्धीको शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज एक विज्ञप्ति जारी गर्दे शुभकामना सन्देश दिईएको हो । विज्ञप्तिमा भनिएको छः “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने छ ।”

साथै मुख्यमन्त्री राउतले कोरोना महामारी न्युनिकरणका लागि सरकारले लकडाउन जारी गरेको हुँनाले सम्पूर्ण इस्लाम धर्मालम्बीहरुलाई घरमै नमाज पढ्न र भीडभाड नगर्न विज्ञप्तिमार्फत आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर