मधेशमा माओवादीबाट २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री बन्दै

६ वैशाख । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्रीसहित जसपाको..

मधेश सरकारबाट बाहिरियो लोसपा

  ४ वैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको..

भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर साथीको हत्या

८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर..

मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् । मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् ।..

सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुलासहित आठ जना पक्राउ

२९ फागुन, जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन्..

एमालेले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

६ फागुन, काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो । जसपा नेतृत्वको सरकारमा सुरुवातमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस..

मधेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जनमतको माग

१७ माघ, जनकपुरधाम । मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ । अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ ।..

सीके राउतको जनमतले राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गर्यो

२३ पौष, धनुषा । सत्ता गठबन्धनमै सामेल डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ । जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् । सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् । जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक..

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’

४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..

निजामती ऐन र प्रहरी समायोजनका लागि वार–पारको लडाई लड्ने मधेश प्रदेशको तयारी

२२ कार्तिक, काठमाण्डौँ । प्रहरी समायोजन गर्नका लागि दबाब दिन मधेश प्रदेश सरकारले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ । जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी..