काठमाण्डौँबाट उदयपुर जादैँ गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डौँबाट उदयपुर जादैँ गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

१३ वैशाख, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस आज बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार शाहले जानकारी दिनुभयो ।

बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुटले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा मृत्यु भएको इन्स्पेक्टर शाहले बताउनुभयो । मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा रहेको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी–२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । आज विहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित सडकको घुम्तीमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालक विश्वकर्माको मृत्यु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर