इलाममा सवारी दुर्घटना, दुई जना घाइते

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ नेपालटारमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–ज ३६६१ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ ४७६११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ताप्लेजुङ कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कार्यरत मोटरसाइकल चालक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईं घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइते..

तेह्र दिन पनि टिकेन वैकल्पिक शक्तिहरुको एकता, गुनासो पोख्दै बाहिरिए कुलमान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका भएको भन्दै पीडा व्यक्त गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्ततः एकता भंग गरेको आरोप लगाए । घिसिङका अनुसार एकताका क्रममा धेरै अलिखित सहमतिहरू भएका थिए र आफूहरूको कुनै ठुलो माग थिएन, केवल सहमति कार्यान्वयन गर्दै जाने इच्छा थियो ।..

इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता

। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र..

इलामका माओवादी नेता धिरेन शर्माले छाडे पार्टी

इलाम । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।” उनको यस घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।..

पर्यटनमा जोडिँदै दुई सय वर्षअघिको निसान पदमार्ग

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा पुस २३ (बुधबार) सुरु हुँदैछ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा गरिने भएको हो । पुस २६ मा सदरमुकाम आएर पदयात्रा समापन गरिनेछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब १ सय ५५ जनाले पदयात्रा गर्ने..

एमाले इलामको इन्चार्जमा पुन: राम राना

बिर्तामोड । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । सोअनुसार कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ । पार्टीले झापा जिल्ला इञ्चार्जमा रोमनाथ ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पनि ओली जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । यस्तै ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथर आइन्द्र सुन्दर नेम्वाङ, चौधरी, खोटाङ विशाल भट्टराई, ओखलढुंगा यज्ञराज सुनुवार, सोलुखुम्बु मानवीर राई, भोजपुर– हेमराज राई, संखुवासभा..

रोङको धजे–मनकामना सडकमा बस आउँदा खुसियाली

इलाम । इलामको रोङ गाउँपालिका ६ स्थित चर्चित पर्यटकीयस्थल झन्डीडाँडा जाने फास्ट ट्र्याक धजे–मनकामना सडक सञ्चालनमा आएको छ । पुस १२ मा यो सडक औपचारिक उद्घाटन गरिँदैछ । यहाँ शुक्रबार झापाबाट बससमेत आएको छ । बस आउँदा स्थानीय हर्षित भएका छन् । वडाध्यक्ष सत्यम राई चौरासेलगायतले बस ल्याउने चालकलाई माला लगाएर स्वागतसमेत गरेका छन् । बहुप्रतीक्षित यो सडकमा यातायात सञ्चालनमा आएपछि पर्यटक र स्थानीयलाई सहज भएको छ । नजिकैको ढोडेनी..

सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दै

इलाम – इलामको रोङ गाउँपालिका ६, सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दैछ । तर, यही पहिचान बनाइरहेको मौरीपालन व्यवसाय अहिले मौरीको घट्दो संख्या, वातावरणीय जोखिम र प्राविधिक अभावका कारण चुनौतीको मोडमा पुगेको छ । बजारमा महको माग बढ्दो भएपनि उत्पादन दीगो बनाउने सबाल अझै पेचिलो देखिएको छ । तराईका २१ जिल्लामा मेलिफिरा जातको मौरी पालिनेगरेपनि पहाडी जिल्लामा सेरेना लोकल जातको मौरी प्रमुख मानिन्छ । सामान्यतया तातो र पूर्वपट्टि फर्किएको स्थानमा..

माइजोगमाई गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

माइजोगमाई (इलाम) – माइजोगमाई गाउँपालिकास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । प्रतियोगितामा नयाँबजारको अमरकल्याण मावि २० पदकसहित पहिलो भएको छ । अमरकल्याण माविले १२ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको हो । नामसालिङ मावि १० स्वर्ण र ८ रजत गरी कुल १८ पदकसहित दोस्रो भयो । नामसालिङकै नेपाल ज्योति मावि ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १३ पदकसहित तेस्रो भएको छ । सोयाङको..

अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो

१९ मंसिर, झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही..