किशोर श्रेष्ठलाई रिहा गर्न सर्बोच्चको आदेश

भदौ १, काठमाडौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको हो । श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।  

सुहाङ नेम्वाङको कतार अनुभवले जन्माएको प्रश्न र नयाँ श्रम–शासनको आवश्यकता

सुहाङ नेम्वाङको स्टाटस हेरौ; झन्डै एक साताको कतार बसाइपछि म पुनः काठमाडौं फर्किएको छु। तर म काठमाडौं फर्कँदा कतारका केही सुन्दर दृश्य र केही सम्झना मात्र बोकेर फर्किएको छैन। त्यहाँ संघर्ष गरिरहेका हाम्रा नेपाली दिदीबहिनी तथा दाजुभाइका गुनासा, उनीहरूको पीडा, उनीहरूको आशा र सबैभन्दा ठूलो कुरा—नेपाल राज्यप्रतिको उनीहरूको बाँकी विश्वास पनि बोकेर फर्किएको छु। कतार अत्यन्त सुन्दर छ। व्यवस्थित सडक, भव्य संरचना र समुद्रको आकर्षक किनार हेर्दा केही समय हिँडिरहुँ..

चुलाचुलीमा अवैध काठ बरामद

२६ साउन, इलाम । चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध फेन्टा र काठ बरामद गरिएको छ। स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखिएको सालको चिरान काठ फेन्टासहित बरामद गर्नका लागि वन प्रशासनले सशस्त्र प्रहरी बलको सहयोग लिएको हो । अवैध रूपमा काठ सङ्कलन गरी फर्निचर उद्योग सञ्चालन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा २४ गते वन कार्यालयको टोलीले छापा मार्दा साल र साज (असना) जातको चिरान काठ फेला..

चुलाचुलीका इन्जियर खड्का र लेखाअधिकृत भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

२६ साउन, इलाम । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको टंगाल र इटहरीबाट खटिएको टोलीले गत असार ३१ गते इन्जिनियर खड्कालाई ६ लाख रुपैयाँ घुससहित समातेको थियो । अनुसन्धानको क्रममा लेखा अधिकृत भट्टराईसहितको योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन..

चुनावमा घण्टी बोकेर हिनेका युटुबर भोजराज १० दिनदेखी ग्यास नपाएपछी फेसबुकमा भडास पोख्दै

२४ साउन, झापा । चुनावमा घण्टी बजाउँदै हिँड्नेहरू भान्सामा खाना पकाउने एलपी ग्यास नपाउदा "कसको ढोका ढकढक्याउने" भन्दै फेसबुकमा भडास पोख्न थालेका छन । युट्युबर भोजराज थापाले घरमा ग्यास सकिएको १० दिन भइसक्दा पनि ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमार्फत मनको वह पोखे । उनले ग्यास पाइएन भन्दै कहाँ गुनासो गर्ने भन्ने प्रश्नसमेत गरेका छन् । उनले आफूलाई गुनासो गर्दा “खाइस ! तैले खुब चुनावमा घण्टी बजाउँदै हिँडेको हैनस् ?” भन्ने..

बालेनको निर्वाचन क्षेत्रमा ५ बोरा युरियाका लागि ५० किसानको लाइन, चिठ्ठामा मल वितरण

झापा । किसानका लागि खेतीपातीको मुख्य समयमा आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध हुनुपर्ने हो । तर झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर साना किसान सहकारीमा बिहीबार देखिएको दृश्यले राज्य कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट पारेको छ । सहकारीमा जम्मा ५ बोरा युरिया मल उपलब्ध थियो । तर मल लिन पुगेका किसानको संख्या करिब ५० भन्दा माथी थियो । सीमित मल र ठूलो संख्यामा किसान भएपछि सहकारीले मल वितरणका..

हिक्मतको तेस्रो कार्डले कोशीको मुख्यमन्त्री परिवर्तन तत्काललाई रोकियो

२३ साउन, दमक । एमाले र नेकपाबीच भएको तीनबुँदे राजनीतिक सहमतिले कोशी प्रदेशको सरकार परिवर्तन हुने चर्चा एकाएक तीव्र बनायो । सहमतिपछि एमालेकै नेतृत्वमा सरकार निरन्तर रहने निश्चित भए पनि मुख्यमन्त्री भने परिवर्तन हुने लगभग निश्चित मानिएको थियो । राजनीतिक वृत्तमा हिक्मत कार्कीको राजिनामा र नयाँ नेतृत्वको तयारीबारे चर्चा सुरु भइसकेको थियो । तर अन्तिम क्षणमा घटनाक्रमले नयाँ मोड लियो । मुख्यमन्त्री परिवर्तनको लगभग निश्चित देखिएको समीकरण तत्कालका लागि रोकियो..

देश बिकासकाे लागि सबै एकजुट हुन नेता नेम्बाङकाे आग्रह

कतार । नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता सुहाङ नेम्बाङले नेपालकाे समृद्धि काे लागि स्वदेश र बिदेश सबै क्षेत्रबाट एकजुट भएर लाग्न अाग्रह गर्नुभएकाे छ । प्रवासी नेपाली मञ्च कतारकाे आठौ‌ राष्ट्रिय अधिवेसन, २०२६ काे उद्घाटन गर्दै नेता नेम्बाङले देशकाे बिकासकाे लागि प्रवासी नेपालीहरुकाे याेगदान प्रशंसनीय रहेकाे बताउनु भयाे । अधिवेसनमा प्रमुख अतिथिको रुपमा बाेल्दै उहाँले देश बिकास काे नेतृत्व गर्न नेकपा एमालेले थप पुनर्संरचना सहित पुनर्जागरण मा जुट्नुपर्ने बताउनु..

चुलाचुलीमा जंगली बादरको आतंक बढ्दो, किसान चिन्तित

इलाम । चुलाचुली गाउँपालिका–५ मा पछिल्लो समय जंगली बादरको आतंक बढ्दै गएको छ । बादरले खेतीबालीमा व्यापक क्षति पुर्‍याउन थालेपछि स्थानीय किसानहरू आजित बनेका छन् । स्थानीयका अनुसार बादरले बाँसको तामा, साना अनारसका चिचिला, कोरेसाबारीमा लगाइएका विभिन्न तरकारी तथा केराखेती पाक्नै नदिई खाइदिने गरेको छ । यति मात्र होइन, मकै फल्ने समयमा मकैका घोगा सखाप पार्ने र धान पाक्ने बेला बाला नै सुर्क्याएर खाने गरेका कारण किसान आजित छन ।..

छ लाख नगद सहित चुलाचुलीका इन्जिनियर खड्का अख्तियारको नियन्त्रणमा

३१ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा कारबाही गरिएको हो । आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजा..