प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक

२० भदौ,  इलाम । प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक भएको छ । माङसेबुङ वडा नम्बर ४ को खेलमैदानमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने बताईएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउकमिटीको अयोजनामा हुने सो फुटबल प्रतियोगिता आगामी भदौ २४ गते देखी २७ गतेसम्म संचालन हुने अध्यक्ष राजकुमार सावाले बताए ।

माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ । भदौ २४  देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच..

दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता हुदै

फागुन ६, दमक । झापाको दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी युवाहरुको समूह माटाडोर ब्रोदर्स एफसिको आयोजनामा हुन लागेको हो । दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता फागुन १६ र १७ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद..

पवित्रहाङमा गोल्डकप: दार्जिलिङ पराजित, रोयल बन्यो सेमिफाइनल पुग्ने अन्तिम टोलि

माङसेबुङ, माघ २८ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको 'पवित्रहाङमा गोल्ड कप २०८१' अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा रोयल स्पर्टिङ क्लब दमक विजयी भएको छ । दार्जिलिङ भारतको दिव्यशक्ति धोत्रेलाई ३-० गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । यस सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ३५औं..

पवित्रहाङमा गोल्ड कप २०८१: दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश

माङसेबुङ, माघ २५ । इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सुरु भएको 'पवित्रहाङमा गोल्ड कप २०८१' अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम विजयी भएको छ । मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २-० गोल अन्तरले हराउदै शिखर सेमिफाइनल प्रवेश गरेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गर्दै शिखरको जित दर्ता गरेका थिए । खेलको पहिलो..

आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् । आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली..

पेरिस ओलम्पिकका कास्य पदक विजेता पलेशाको भव्य स्वागत

१९ भदौ, काठमाण्डौँ । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि..

पलेशाले जितिन पेरिस ओलम्पिकमा कांस्य: नेपाली खेलकुद इतिहासकै ठूलो पदक

१६ भदौ, काठमाण्डौँ । नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड..

एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्‍याइयो, राष्ट्रिय खेलाडीको ३० हजार

काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्‍याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख..

नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ गतेदेखि हुने

३ भदौ, काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।