आगलागीमा घाइते भएका दुई बालिकाको मृत्य

२५ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्काेस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते..

काठमाडौँ महानगरपालिमा गरिब घरपरिवारको गणना सुरु

  २५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, “बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार..

ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु

२४ चैत ।ललितपुरको एक मेटल उद्योगमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ । जलेको अवस्थामा एकजना फेला परेको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । “मृतकको पहिचान हुन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ,” एसपी सुवेदीले भने, “आगलागीबाट करिब १० लाख रुपैयाँ..

ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने

२२ चैत । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सीसी क्यामेराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए । “ठमेलका गल्लीभित्र प्रतिघण्टा..

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्न सत्तारुढ दलहरुबीच सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो । प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच..

हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता

१८ चैत । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो । विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा..

१६ वर्षपछि हत्या आरोपी पक्राउ

६ चैत, काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी सोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकार भनेको छ । २०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु..

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

३ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य..

१९ वर्षीया किशोरीको हत्यापछि शव गाडेको आशंकामा एक जना पक्राउ

३ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी..

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी

२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..