सूचना प्रविधि

चुलाचुलीमा जनप्रतिनिधी र संञ्चारकर्मीहरुबीच अन्तरकृया
इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको चुलाचुली गाउँपालिकामा सम्पन्न भएको छ । चुलाचुली गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसलाई सबल बनाउन स्थानीय तहहरूको सक्रिय र दिगो भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। गाउँपालिकाको सभाहलमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा..

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र
२१ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह..

सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल
१७ साउन, काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।..

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l
महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान
२० असार, झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन..

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ?
स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (ऋभिि उजयलभ दष्लिमलभकक) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ । सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तैस् कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा ) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश..

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन
२८ चैत । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । ८ अप्रिलमा ९४ वर्षको उमेरमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले बताएको छ । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए । हिग्सको दृष्टि र कल्पनाले नै मानव जातिले यो ब्रम्हान्डबारे आफ्नो ज्ञान समृद्ध गर्न सकेको विश्वविद्यालयले बताएको छ । उनले गड पार्टिकल खोजेका थिए । यसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन..

हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता
१८ चैत । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो । विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा..

स्मार्ट सहकारी युगको सुरुवात भएको पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाको भनाई
१ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने उनले जोड दिए । जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने..

श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजको स्मरणपत्र
१६ फागुन, इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै महासंघ केन्द्रीय समितिलाई सात दिने अल्टिमेटमसहित स्मरणपत्र पत्र बुझाएको छ । मङ्गलबार फोनिज इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामार्फत केन्द्रीय समितिमा स्मरणपत्र बुझाएको हो । फोनिज इलामका अध्यक्ष राम योङहाङ नेतृत्वको टोलिले महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई र सचिव भीम चापागाईंलाई स्मरणपत्र बुझाएका हुन् । फोनिजको..