वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

१४ वैशाख, जनकपुरधाम । पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गृह खबरलाई जानकारी दिनुभयो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

गत चैत्र ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

यो संगै अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ प्गेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर