समाज

धनकुटाका युवाहरु ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथ सामाजिक कार्यमा
२० भाद्र, धनकुटा । धनकुटा नगरपालिका–१ ओक्मालुङका युवाहरुले आज ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेका छन् । ओक्मालुङ यूवा क्लबका अध्यक्ष उत्सव राईको नेतृत्वमा नगरको पर्यटकिय स्थल लुङ्गधाङ्ग सात तले गुफा र लुङ्गधाङ्ग झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावत गर्न सजिलो होस भन्ने उद्देश्यले बाटो सरसफाई गरेको लुङ्गधाङ्ग धार्मिक सात तले गुफा व्यवस्थापन समितिका सल्हाकार एंवम् नेकपा..

आज थपिए १ हजार ४१ कोरोना संक्रमित, ९ जनाको मृत्यु
२० भाद्र, काठमाण्डौँ । नेपालमा आज कोरोना भाईरसका एक हजार ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म २७ हजार एक सय २७ जना संक्रमणमुक्त भएका छन् । आज १५ सय ६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप..

रंगेलीको आइसोलेसन खाली
२० भाद्र, मोरङ । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमण पुष्टि भएका नागरिकलाई राख्नका लागि श्रावण २४ गते देखी संञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ । हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना संङ्क्रमण पुष्टि भएकोमा शनिवार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेका छन् । शनिवारदेखि जनता क्याम्पसको आइसोलेसन खाली भएको रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । जनता क्याम्पसमा एक सय शैयाको आइसोलेसन बनाइएको छ..

साथीको हत्या गर्ने अभियुक्त सार्वजनिक
२० भाद्र, झापा । झापाको शिवसताक्षी–११ मा गत भाद्र १६ गते मृत फेला परेका गोमनसिंह मगरको हत्या अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अभियुक्त शिवसताक्षी–८ का ३२ वर्षिय मनकुमार लिम्बु रहेका छन् । उनलाई प्रहरीले भाद्र १८ गते नै पक्राउ गरेको थियो । शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको भाद्र १६ गते झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर जंगलमा हत्या भएको थियो । शव भाद्र १७ गते वहान भेटिएको..

झापाको कमल गाँउपालिकाबाट लागूऔषध सहित दुई जना पक्राउ
२० भाद्र, झापा । झापाको कमल गाँउपालिका–७ बाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन । हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाई प्रहरीले चेकजाँज गर्दा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२०..

पर्यटकको आकर्षण बढाउन घरघरमा गमला बितरण
२० भाद्र, इलाम । इलामको देउमाई नगरपालिकामा पर्यटकको आकर्षण बढाउन फुल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत घरघरमा निःशुल्क गमला बितरण गरिएको छ । जितपुर सामुदायिक सिकाइ केन्द्र देउमाइ–८ इलामको ब्यवस्थापन तथा संयोजनमा यो अभियान संञ्चालन गरिएको बताईएको छ । देउमाइ नगरपालिकाको वडा नं ८ जितपुरे बजारबाट वडा नं ९ को नवमी बजारसम्म मुख्य सडकले छोएका प्रत्येक घरमा गमला बितरण गरिएको हो । गमला बितरण कार्यक्रममा इलाम जिल्ला समन्वय समिती प्रमुख..

इलामको गजुरमुखी धाममा हावाहुरीका कारण लाखौँ रुपैँयाको क्षती
२० भाद्र, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ मा रहेको धार्मिक स्थल गजुरमुखी धाममा गएराति आएको हावाहुरीले क्षती पुर्याएको छ । गएराती अन्दाजी पौने २ बजेतिर आएको हावाहुरी कारण धाम क्षेत्रका रुखहरु भाचिएका छन्, लडेका छन् । रुख लड्दा ढुङ्गा पल्टिएर धाम प्रवेशद्धार नै अवरुद्ध गरेको छ । मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको छ । सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको..

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु
२० भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर ११ का ४३ बर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । भाद्र १७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भाद्र १८ गते बिहान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उनको हिजो साँझ मृत्यु भएको प्रतिष्ठानले..

अर्थमन्त्री युवराज खतिवडाद्धारा पदबाट राजीनामा
१९ भाद्र, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय समेत संम्हाली रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले आज अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो । खतिवडा गत फाल्गुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नुभएका खतिवडाको पदअवधी भोली..

किरावि संघ २२ औं स्थापना दिवस समापन,देशव्यापी बक्तित्व कला प्रतियोगितामा धरानकी बिलम राई प्रथम
१७ भाद्र, काठमाडौं । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ अनलाइन बक्तित्व कला प्रतियोगितामा सुनसरी धरानकी बिलम राई प्रथम भएकी छन् । किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस हो । स्थापना दिवसको अवसरमा आयोजित प्रतियोतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । त्यसैगरी सुजन विष्ट, संगीता राई..