सामूहिक प्रयासमा कोरोना महामारी नियन्त्रण सम्भव छः स्वास्थ्यमन्त्री ढकाल

११ भाद्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे बुधवार मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गर्नुभएको छ । मन्त्री ढकालले सबैको प्रयासले नै कोरोना महामारीको नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला..

गोरु काटेको निहुँमा झापामा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

१० भाद्र, झापा । झापाको झापा गाउँपालिकामा आज साँझ प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेर गम्भिर घाईते भएका आलमको उपचारका क्रममा बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला..

आज थपिए ८८५ जना कोरोना संक्रमित, ११ को मृत्यु

१० भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए । आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु..

दमकका थप १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आयो

१० भाद्र, झापा । झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्रोतले बताएको छ । उनीहरुको एक साता अघि स्वाब सङ्कलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो । आज संक्रमण देखीएका मध्ये दुइजना औषधी ब्यवसायी हुन् । संक्रमितहरु केहि नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाईनमा छन् । अहिले नगरपालिका स्वास्थ्य..

झापाको अर्जुनधारामा एक किशोरीमाथी जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ

१० भाद्र, झापा । झापाको अर्जुनधारा नगरपालिकामा हिजो साँझ एक किशोरीमाथी जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ परेका छन् । शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती करणी गरेका थिए । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरेको युवतीले बताएकी छिन् । अर्जुनधारा–३ स्थित शिविर घर भएकी..

बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी

१० भाद्र, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्काे सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो । प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे संक्रामक रोग सम्बन्धि ऐन २०२० को..

प्राधिकरणको निर्देशकमा घिसिङले निरन्तरता पाउँने सम्भावना न्यूनः प्रधानमन्त्री नै असन्तुष्ट

१० भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउँने सम्भावना न्यून रहेको स्रोतले बताएको छ । घिसिङको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन स्वयम नै असन्तुष्ट रहेको स्रोत बताउँछ । उच्च स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट हुनुहुन्छ । उहाँ लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषयमा बालुवाटारमा समेत..

कुलमानको नियुक्तीबारे केही निर्णय भएको छैनः ऊर्जामन्त्री पुन

९ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रीपरिषदको बैठकमा कुनै प्रस्ताव पेश नभएको ऊर्जामन्त्री वर्षमान पुनले स्पष्ट पार्नुभएको छ । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे स्पष्ट पार्नुभएको हो । मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको उहाँले बताउनुभयो । मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि..

सामान्य घरायसी विवादमा छोराद्धारा बाबुको हत्या

९ भाद्र, झापा । सामान्य घरायसी विवादमा झापाको झापा गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । झापा गाउँपालिका–३ कुमरखोदका ७० वर्षीय साइला टुडु मारिएका हुन् । सोमबार राति २५ वर्षीय छोरा सुनिल टुडुले बाँसको भाटाले हिर्काएर वावु साईलालाई घाइते बनाएका थिए । विपन्न आर्थिक अवस्थाका टुडुको स्थानीय क्लिनिकमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घट्नामा सम्लग्न टुडुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको..

सुनसरीमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

९ भाद्र, सुनसरी । सुनसरीको जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न ठाउँको प्रहरी कार्यालयहरूमा रहेका २१ जना थुनुवा गरी सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका थुनुवाहरू कोशी गाउँपालिकाका ५ जना, देवानगञ्ज गाउँपालिकाका ३ जना, गढी गाउँपालिकाका १ जना, इटहरी उपमहानगरका २ जना, भोक्राहाका ६ जना, इनरुवाका १ जना र बराहाक्षेत्र नगरपालिकाका ३ जना गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले..