२० भाद्र, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ मा रहेको धार्मिक स्थल गजुरमुखी धाममा गएराति आएको हावाहुरीले क्षती पुर्याएको छ ।
गएराती अन्दाजी पौने २ बजेतिर आएको हावाहुरी कारण धाम क्षेत्रका रुखहरु भाचिएका छन्, लडेका छन् । रुख लड्दा ढुङ्गा पल्टिएर धाम प्रवेशद्धार नै अवरुद्ध गरेको छ । मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको छ ।
सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो । माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयले पन्छाएका छन ।
गजुरमुखी धाममा भाकल गरे बोली नआउनेको बोली आउने र सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास रहेको छ ।