१९ भाद्र, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय समेत संम्हाली रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले आज अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो ।
खतिवडा गत फाल्गुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नुभएका खतिवडाको पदअवधी भोली ६ महिना पुगेर सकिदैछ ।
प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै साँझ राजीनामा दिने बताउँनुभएको थियो ।