
इलाम । फाकफोकथुम गाउँपालिका वडा नं ७ मा रहेकाे जनकल्याण माध्यमिक विद्यालयकाे आयाेजनामा प्रा. डा प्रेम फ्याक अथिति वक्ता रुपमा ‘विद्यार्थीसँग – प्राध्यापक’ कार्यक्रम सम्पन्न भएको छ । करियर काउन्सिलिङकाे रुपमा याे कार्यक्रम आयाेजना भएकाे हाे ।
कार्यक्रमकाे सन्दर्भमा प्रा. डा प्रेम फ्याकले बाेल्ने कुरामा कहिले पछि हट्न नहुने, निरन्तर मेहनत गर्नु पर्ने, पाठ्यक्रमकाे पुस्तक मात्रै नभएर बाहिरी पुस्तक अध्ययन गर्नुपर्ने, समाजलाई बुझ्नु पर्ने, कुरामा जाेड दिनुभएकाे थियाे ।
कार्यक्रममा ग्रामीण बाल मनाेविज्ञानमा आधारित रहेर प्रा.डा फ्याकले आफनाे कुराहरु राख्दा विद्यार्थी हृदयदेखि नै प्रेरित भएकाे, प्रभावकारी साथै फलदायी रहेकाे विव्यस अध्यक्ष अर्जुनकुमार लिम्बुले बताउनुभयाे ।
विव्यस अध्यक्ष अर्जुनकुमार लिम्बुले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।
विव्यस अध्यक्षले सुरुमा वक्ताकाे परिचय विद्यार्थी माझ गराउनु भएको थियाे ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७