२० भाद्र, झापा । झापाको शिवसताक्षी–११ मा गत भाद्र १६ गते मृत फेला परेका गोमनसिंह मगरको हत्या अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अभियुक्त शिवसताक्षी–८ का ३२ वर्षिय मनकुमार लिम्बु रहेका छन् । उनलाई प्रहरीले भाद्र १८ गते नै पक्राउ गरेको थियो ।
शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको भाद्र १६ गते झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर जंगलमा हत्या भएको थियो । शव भाद्र १७ गते वहान भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले आज अभियुक्तलाई सार्वजनिक गर्दै हत्यामा संलग्न लिम्बुले अपराध स्वीकार गरेको जनाएको छ । दुबैबीच आर्थिक लेनदेनमा असमझदारी हुँदा घटना भएको अभियुक्तले बयान दिएको प्रहरीले जनाएको छ ।