विश्वप्रकाशलाई देउवाको चेतावनी : म अप्ठेरो मान्छे हुँ नि विचार गर्नुस् !

विश्वप्रकाशलाई देउवाको चेतावनी : म अप्ठेरो मान्छे हुँ नि विचार गर्नुस् !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मासँग चेतावनीको भाषा प्रयोग गरेका छन् । पार्टीबाट अवकाश लिने घोषणा गरेका सभापति देउवालाई केन्द्रीय समितिको सोमबारको बैठकमा महामन्त्री शर्माले ०८३ असारपछि अवकाश लिन आग्रह गरे ।

आग्रह गर्नासाथ देउवाले जवाफ फर्काएका हुन् । “म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,” देउवाले चेतावनीयुक्त भाषामा भने, “म अप्ठेरो मानिस हुँ नि ! विचार गर्नुस् ।” आफूले राजनीतिबाट अवकाश लिने विषयमा अरुले भनेर नहुने बताएका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री शर्माले ०८३ असारपछि अवकाश लिनुस् भनेर भनेलगत्तै देउवाले जवाफ दिएका हुन् । त्यसक्रममा देउवाले आफ्नो कार्यकाल चार वर्षको रहेको र विधानले एक वर्ष थप गर्न दिएको तथा संविधानले ६ महिनाको समय दिएको पनि उल्लेख गरे ।

त्यसो हुँदा ०८४ जेठसम्म आफूलाई पदमा बस्ने छुट रहेको देउवाको सन्देश थियो । शर्माले सभापति देउवालाई फुर्क्याउने गरी बैठकमा बोलेका थिए । उनले अवकाश लिने समय भयो भन्दा नै प्रशंसा भएको भन्दै ०८३ असारमा पार्टीबाट अवकाश लिन आग्रह गरेका थिए । उनले अन्य पार्टीमा राष्ट्रपति भइसकेका व्यक्ति फर्किएर सक्रिय राजनीति गर्दा आलोचित भइरहेको भनेर सभापतिलाई अभिभावकीय भूमिका लिन आग्रह गरेका थिए ।

“मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भयो । मेरो आग्रह छ– अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस्,” महामन्त्री शर्माले भनेका थिए, “शितलनिवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ ।”

प्रतिक्रिया:

सम्बन्धित खवर