धनकुटाका युवाहरु ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथ सामाजिक कार्यमा

धनकुटाका युवाहरु ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथ सामाजिक कार्यमा

२० भाद्र, धनकुटा । धनकुटा नगरपालिका–१ ओक्मालुङका युवाहरुले आज ‘समाजका लागि एक दिन’ भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेका छन् ।

ओक्मालुङ यूवा क्लबका अध्यक्ष उत्सव राईको नेतृत्वमा नगरको पर्यटकिय स्थल लुङ्गधाङ्ग सात तले गुफा र लुङ्गधाङ्ग झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावत गर्न सजिलो होस भन्ने उद्देश्यले बाटो सरसफाई गरेको लुङ्गधाङ्ग धार्मिक सात तले गुफा व्यवस्थापन समितिका सल्हाकार एंवम् नेकपा नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभयो ।

पर्यटकिय स्थल लुङ्गधाङ्ग धार्मिक सात तले गुफा परिसर भित्र धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि गुफा घुम्न तथा पूजापाठ गर्ने व्यवस्था छ । त्यस्तै लुङ्गधाङ्ग झर्ना र लुङ्गधाङ्ग ओक्मालुङ्ग झोलुङ्गे पुलमा मानिस घुम्न तथा रमाइलो गर्नका लागि विभिन्न ठाँउ रहेको छ ।

यहाँ पिकनिक स्पोर्ट, स्विमिङ पुल समेतको व्यवस्था छ । बाटो सरसफाई कार्यमा समूका ५० जना युवाले सहभागिता जनाएको नेकपा नगर अध्यक्ष छाराहाङले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर