२० भाद्र, मोरङ । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमण पुष्टि भएका नागरिकलाई राख्नका लागि श्रावण २४ गते देखी संञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ ।
हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना संङ्क्रमण पुष्टि भएकोमा शनिवार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
शनिवारदेखि जनता क्याम्पसको आइसोलेसन खाली भएको रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । जनता क्याम्पसमा एक सय शैयाको आइसोलेसन बनाइएको छ ।