मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उक्त..

मिर्गाैला पिडित पदम कुमारी बेघाद्धारा आर्थिक सहयोगको याचना

२३ भाद्र, झापा । दमक नगरपालिका–५ प्रगति टोलकी पदम कुमारी बेघा विगत दुई बर्ष देखी मिर्गाैला, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसकी छिन् । आर्थिक अवस्था न्यून भएका कारण अहिले पदम कुमारी अस्पताल समेत जान सकेकी छैनन् । बिराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनका श्रीमान बुद्धराज मेयाङ्बोले बताए । आर्थिक समस्याकै कारणले आफ्ना श्रीमतीको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरे ।..

अन्ततः पछि हट्यो रेल विभाग

२३ भाद्र, काठमाण्डौँ । प्रक्रिया नै पूरा नगरी अघि बढेको रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि हटेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको एक सय ६ किलोमिटरको रेलवे ट्राक निर्माणका लागि आह्वान गरिएको ठेक्का विभागले रद्द गरेको हो । आज एक सार्वजनिक सूचना जारी गर्दै विभागले गत असार १३ र १७ गते आह्वान गरेको ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम..

आज थप ९७९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

२२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिनुभयो । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा..

सुखानीको विकासका लागि सरोकारवालाहरुको प्रतिबद्धता

२२ भाद्र, इलाम । दक्षिणी इलामको माई नगरपालिका–४ मा रहेको सुखानी शहीद सहादत स्थलको विकासका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवा संघ नेपाल र सुखानी शहीद सहादत स्थल समितिकोे संयोजनमा भएको भेलामा सरोकारवालाहरुले विकाशका लागि प्रतिवद्धता जनाएका हुन् । इलामका प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा माई नगरपालिकाका प्रमुख दीपक थेवे, उपप्रमुख बिष्णुमाया आचार्य लगायतको सहभागिता रहेको थियोे । भेलामा सहभागीहरुले विकासको..

बीएण्डसी अस्पतालका एक डाक्टर सहित ११ नर्समा कोरोना संक्रमण

२१ भाद्र, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका एक डाक्टर र ११ जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल प्रसासनले जनाएको छ । संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

कोरोना संक्रमणका कारण झापाका एकजना महिलाको मृत्यु

२१ भाद्र, झापा । कोरोना भाइरसको संक्रमणबाट झापाका थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु

२१ भाद्र, सुनसरी । सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका–६ मा एक पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । हिजो दिउसो पानी संगै परेको चट्याङले देवानगञ्जका ३५ वर्षिय सन्तकुमार मेहताको मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका मेहताको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा हस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीमा कार्यरत ९७ जना प्रहरी कोरोना संक्रमित, अनलाईनबाट सेवा सुरु

२१ भाद्र, सुनसरी । सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा खटिएका ९७ जना नेपाल प्रहरीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि टेलिफोन र अनलाइनबाट सेवा प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोनाको सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा प्रवाह रोकिएको छ । प्रहरीको हिरासतमा रहेको अभियुक्त तथा र चमेना गृह संञ्चालन गरीरहेका व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा..

गैरीगंञ्ज–३ वडा कार्यलयद्धारा स्थानियको कोरोना विमा गरिदैँ

२१ भाद्र, झापा । झापाको गैरीगंञ्ज गाउँपालिका वडा नं. ३ ले स्थानियहरुका लागि रु एक लाख रूपैयाँको कोरोना विमा गरिदिने भएको छ । वडा नं. ३ भित्रका ईच्छुक सर्वसाधारणको पीसीआर परिक्षण सहित कोरोना विमा गरिदिने वडाकार्यलयले निर्णय गरेको वडाध्यक्ष मखना महताले जानकारी दिनुभयो । गौरीगंज गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि पहिलो चरणमा वडा नं. ३ भित्रका ५० जना सर्वसाधारणको पीसिआर परिक्षणसहित एक लाख रूपैयाँको कोरोना विमा गरिदिएकोे वडाध्यक्ष महतो जानकारी..