आज थपिए १ हजार ४१ कोरोना संक्रमित, ९ जनाको मृत्यु

आज थपिए १ हजार ४१ कोरोना संक्रमित, ९ जनाको मृत्यु

२० भाद्र, काठमाण्डौँ । नेपालमा आज कोरोना भाईरसका एक हजार ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।

आजसम्म २७ हजार एक सय २७ जना संक्रमणमुक्त भएका छन् । आज १५ सय ६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो ।

यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर