झापाको कमल गाँउपालिकाबाट लागूऔषध सहित दुई जना पक्राउ

झापाको कमल गाँउपालिकाबाट लागूऔषध सहित दुई जना पक्राउ

२० भाद्र, झापा । झापाको कमल गाँउपालिका–७ बाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन । हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाई प्रहरीले चेकजाँज गर्दा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाई छिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर