पर्यटकको आकर्षण बढाउन घरघरमा गमला बितरण

पर्यटकको आकर्षण बढाउन घरघरमा गमला बितरण

२० भाद्र, इलाम । इलामको देउमाई नगरपालिकामा पर्यटकको आकर्षण बढाउन फुल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत घरघरमा निःशुल्क गमला बितरण गरिएको छ ।

जितपुर सामुदायिक सिकाइ केन्द्र देउमाइ–८ इलामको ब्यवस्थापन तथा संयोजनमा यो अभियान संञ्चालन गरिएको बताईएको छ । देउमाइ नगरपालिकाको वडा नं ८ जितपुरे बजारबाट वडा नं ९ को नवमी बजारसम्म मुख्य सडकले छोएका प्रत्येक घरमा गमला बितरण गरिएको हो ।

गमला बितरण कार्यक्रममा इलाम जिल्ला समन्वय समिती प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखाका रुपेन्द्र प्रसाद न्यौपानेको विशेष आतिथ्यता तथा देउमाइ–८ का वडाध्यक्ष चन्द्र मगर, सिकाइ केन्द्र अध्यक्ष राजेन्द्र कुमार दबाडी लगायत संस्थाका सदस्य तथा अन्य प्रतिनिधिको उपस्थिती रहेको संस्थाका सह–सचिब अर्जुन मगरले बताउनुभयो ।

यस क्षेत्रमा झ्याउपोखरी, ढोलेदेबी, अजम्बरे साथै नजिकमा पानीटार सिद्दिथुम्का लगायतका पर्यटकिय ठाउँहरु रहेका छन ।

प्रतिक्रिया:

सम्बन्धित खवर