समाज

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे
२ भाद्र, काठमाण्डौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । एक सय वर्ष कटिसक्नुभएका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उहाँको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।..

झुन्डिएको अवस्थामा २२ वर्षिय खातुनको शंकास्पद मृत्यु
२ भाद्र, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा आईतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा २२ वर्षिय अजमेरी खातुनको शंकास्पद मृत्यु भएको भन्दै माईती पक्षले आज पत्रकारसम्मेलन गरेका छन् । आईतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु भएका खातुनलाई हत्या गरी झुन्डयाइएको माईती पक्षको आरोप छ । मृतक खातुनकी माईतीपक्षकी हजुरआमा बतुलन खातुनले दुहबीमा पत्रकार समेलन गर्दे घटनाको बारेमा सत्यतथ्य छानविन गर्न माग गर्नुभयो । पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा खातुनको..

झापामा समुदाय स्तरमै कोरना संक्रमण फैलिएपछि प्रहरी उच्च जोखिममा
२ भाद्र, झापा । झापामा समुदाय स्तरमै कोरनाको संक्रमण देखिएपछि थप जोखिम बढेको छ । जसका कारण सबैभन्दा बढी जोखिम प्रहरीमा देखिएको हो । भारतसँग एक सय ४४ किलोमिटर सिमा जोडिएको झापाका नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएका छन् । अपराध नियन्त्रण, शान्तिसुरक्षा, खुल्ला सिमानाको व्यवस्थापन, क्वारेन्टीन व्यवस्थापन तथा समुदाय स्तरमा कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सुरक्षा लगायतका जिम्वेवारी लिएर प्रहरी कर्मचारी अहिले पनि फिल्डमा छन् । जसका कारण..

चुलाचुलीमा मानव अधिकार मंञ्चद्धारा आयोजित युवा सशक्तिकरण तालिम सम्पन्न
१ भाद्र, इलाम । इलामको चुलाचुलीमा मानव अधिकार मंञ्च नेपालले आयोजना गरेको चार दिने युवा सशक्तिकरण तालिम सम्पन्न भएको छ । पहिलो चरण अन्तर्गत चुलाचुली वडा नं. ४, ५ र ६ मा श्रावण ३० गतेबाट यो तालिम सुरु भएको थियो । चार दिनसम्म संञ्चालनभएको ‘युवा सशक्तिकरण समुहलाई मानव बेचविखन, सुरक्षित आप्रवासन तथा समूह परिचालन सम्वन्धी तालिम’मा युवाहरुलाई सोही विषयमा केन्द्रित रहेर तालिम दिईएको थियो । तालिममा सहभागी युवाहरुलाई मानव अधिकार..

सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर रिर्पाेट नेगेटिभ
१ भाद्र, इलाम । इलामको सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पाईएको छ । मृतकको पिसिआर रिर्पाेट नेगेटिभ आएको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताउनुभयो । सूर्याेदय नगरपालिकाको करफोक क्वारेन्टिनमा रहेका २२ वर्षीय युवकको गएराति मृत्यु भएको थियो । उनी भारतको हैदराबादबाट गत श्रावण २६ गते नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका थिए । उनको गत श्रवण ३० गते स्वाब सङ्कलन गरी परीक्षणको लागि झापाको मेची अञ्चल..

विभेदविरुद्ध न्याय माग्दै यामकला !
३२ श्रावण, इलाम । आफ्नै बुवाको मृत्युपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु विरुद्ध इलामको माई नगरपालिका–२ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले आज जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् । ११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर आज घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति..

माईजोगमाईको संखाबुङमा गुणस्तरिय विद्युत वितरण गर्न नयाँ ट्रान्सफर्मर
३२ श्रावण, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले पूर्वधार विकासको कार्यलाई विशेष प्राथमिकता दिईरहेको समयमा शनिबार वडा नं १ मा रहेको शंखाबुङ क्षेत्रका लागि ५० के.भि.ए. ट्रान्सफर्मर लाईनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईले रिवन काटेर विद्युत विस्तारको उद्घाटन गर्नुभएको हो । माईजोगमाई–१ शंखाबुङका स्थानियले विद्युत्त सेवाबाट अत्यधिक पिर खेप्दै आईरहेका थिए । कालो तारमा विद्युत् लामो दुरिमा ल्याउनु पर्ने साथै विद्युत्मा पावर कम हुने भन्दै गुनासो आएपछि..

प्रेमी बन्छौ कि शासक ? भन ए पुरुष !
३१ श्रावण, काठमाण्डौँ । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार हुन् पाब्लो पिकासो । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । उनले १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका थिए । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । उनले सो चित्र एक वर्ष लगाएर बनाएका थिए । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार..

कोरोना कहरः कतै निषेधाज्ञा, कतै सेवा ठप्प
३१ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमणले पछिल्लो समय भयावह स्थिती सृजना गरेको छ । समुदाय स्तरमा संक्रमण फैलिएपछि नियन्त्रण तथा रोकथाममा निकै कठिनाई भइरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र सेवा बन्द गर्न थालिएको छ । आज मात्रै पनि दर्जनौँ ठाउँमा विभिन्न सेवा बन्द तथा निषेधाज्ञादेखि लकडाउनसम्मको निर्णय गरिएको छ । झापाका दमक नगरपालिकाले विहान ८ बजेदेखी दिउसो ४ बजे सम्ममात्र पसल खोल्न अनुमती दिएको छ । मोटरसाईकलमा..

सिन्धुपाल्चोकको लिदीगाउँलाई स्थानान्तरण गरिने
३१ श्रावण, सिन्धुपल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीगाउँलाई स्थानान्तरण गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको हो । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । शुत्रवार बिहान खसेको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने अन्य २७ जना बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए..