समाज

इलामको माई नपाका जातीय भेदभाव गर्नेहरु पक्राउ
५ भाद्र, इलाम । दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला विश्वकर्मा आचार्यलाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र ठूलो बुवाकी छोरी पार्वती बजगाईं आचार्यलाई..

चुलाचुलीको चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाउने निर्णय
४ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ ले वडा प्रवेशमा रोक लगाएको छ । झापाको दमक नगरपालिकासंग सिमा जोडिएको चुलाचुली–५ ले छिमेकी स्थानिय तहमा संक्रमण दर बढे संगै प्रवेशमा रोक लगाएको हो । विशेषगरी चुलाचुली–५ को पर्यटकीय क्षेत्र चपेटी र अन्धाराजा धार्मिक क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरीक पर्यटकहरुको प्रवेश भईरहेको हुँनाले अत्यावश्यक काम वाहेक अन्य कामका लागि वडा प्रवेशमा रोक लगाईएको वडा नं. ५ का वडाध्यक्ष चन्द्रकुमार..

प्रदेश–१ कोभिड उपचार केन्द्रमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु
४ भाद्र, विराटनगर । कोरोना संक्रमितलाई उपचारका लागि प्रदेश–१ कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु गरिएको छ । कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो । अस्पतालमा दुई वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा जानकारी..

नागढुंको सुरुङ मार्ग खन्ने कार्य सुरु हुँदै
४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँने भएको छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य सुरु गर्ने सडक विभागले जनाएको छ । विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिनुभयो । सोहीअनुसार सो कम्पनीले निर्माण सामग्री, मेसिनहरु लगायतको..

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ
३ भाद्र, काठमाण्डौँ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने बताईएको छ । दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय..

सहिदभूमि गाउँपालिकाको खाली जग्गामा वृक्षारोपण
३ भाद्र, धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले आफ्नो खाली सार्वजनिक जग्गामा वृक्षारोपण गरेको छ । संयूक्तराष्ट्र संघ (यू.एन.डि.पि.), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयूक्त पहलमा एवोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाको साढे तीन सय रोपनि जग्गामा रोपिएको हो । वृक्षरोपण अन्र्तगत वडा नं ६ थलथलेमा रहेको डेढ सय रोपनि सार्वजनिक जग्गामा पाँच सय वटा एवोकाडोको विरुवा रोपिएको छ । त्यस्तै वडा नं १ को गोपालपुर विडिटोलमा रहेको दुई..

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
३ भाद्र, काठमाण्डौँ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उहाँको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् । यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आज बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिनुभएको छ । घिमिरेको १०२ बर्षको उमेरमा हिजो..

अछामको रामारोशनमा बाढीले बगाउँदा १९ जना बेपत्ता
३ भाद्र, अछाम । मङ्गलवार रातिको वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका करिब १२ घर बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये चार जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका..

बाटा पुनःनिर्माणमा सरकार प्रतिबद्ध छः गृहमन्त्री थापा
३ भाद्र, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । बाढी र पहिराले पुर्याएको क्षतिको अध्ययन तथा अनुगमन गर्न बाजुरा पुगेका मन्त्री थापाले बाढी र पहिराबाट प्रभावित नागरिकलाई सहयोग गर्ने बताउनुभयो । मन्त्री थापाले बाढीले क्षति पुर्याएका बाढी परिहो गएका ठाउँमा प्रत्यक्ष अनुभूति गर्नका लागि आएको प्रतिक्रिया दिनुभयो । उहाँले जिल्लामा बाढी र..

कोरोना संक्रमण रोकथामको जिम्मा सीडीओलाई (मन्त्रिपरिषद् बैठकको निर्णय हेर्नुहोस्)
२ भाद्र, काठमाण्डौँ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरवारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो जानकारी गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारीले सम्वन्धित जिल्ला भरी वा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गर्ने तथा..