समाज
युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ
इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् । भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एक दर्जन बढी युवाहरु एमालेमा भित्रिएका छन् । कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।
झापामा ३१७ वटा नयाँ साना उद्योग दर्ता
१५ कार्तिक, झापा । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु..
अविरल वर्षाले मेची राजमार्ग अझै बन्दः चार जिल्लाका यात्रु प्रभावित
१५ कार्तिक, इलाम । बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौंँ तर सडक भासिने क्रम रोकिएको छैन”, उनले भने । मेची राजमार्ग अवरुद्ध हँुदा..
दमकमा एमालेको सद्भाव र्याली सम्पन्न
१५ कार्तिक, झापा । नेकपा एमाले दमक नगर कमिटीको संयोजनमा दमकमा सद्भाव मोटरसाइकल र्याली निकालिएको छ । देशमा जेन जी आन्दोलन पश्चात उत्पन्न बिषम राजनीतिक परिस्थितीकाबीच दमक नगर कमिटी अन्तर्गत जनसंगठन संयन्त्रको आयोजनामा नगर संयोजक बिवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त र्याली निकालिएको हो । र्यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिती रहेको थियो । र्यालीमा..
भोलिबाट सुरु हुने झापा महिला गोल्डकप दुई दिन पछि सर्यो
१४ कार्तिक, झापा । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल कात्तिक १७ गते..
वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध
१५ कार्तिक, झापा । हिजो बिहीबारदेखि सुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको..
रतुवा नदी किनारको छठ पूजा घाटमा साझको रैनक (फोटो फिचर)
१० कार्तिक, झापा । दमकको रतुवा नदी किनारमा छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । साँझको समयमा छठ घाटमा घुम्न र पुजा गर्न आउने दर्शनार्थीहरुको भिड देखिएको छ ।
झापा आन्दोलनका सहिदको शालिक पुनः ठड्याईयो
९ कार्तिक, झापा । भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजक समूहले ढालेका सुखानीका जेनजी शहिदहरुलाई उठाइएको छ । अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा झिलमा तोडफोड गरी शहिदको शालिक ढालिएको थियो । सुखानी शहिद स्मृति प्रतिष्ठान उद्यान व्यवस्थापन समितिले डोरी लगाएर शालिक उठाएको छ । शहिदका शालिक अहिले डोरीको भरमा अढ्याइएको उद्यानका अध्यक्ष भैरव खड्काले जानकारी दिए । उनका अनुसार लढाइएका शहिदलाई दशैंअघि नै उठाइएको हो । पर्यटकीय स्थलका रुपमा..
छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट ३८ लाखको केरा बिक्री
९ कार्तिक, झापा । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको..
काँकरभिट्टा नाकाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजार अर्थात् एक दशमलव ३०..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७