झुन्डिएको अवस्थामा २२ वर्षिय खातुनको शंकास्पद मृत्यु

झुन्डिएको अवस्थामा २२ वर्षिय खातुनको शंकास्पद मृत्यु


२ भाद्र, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा आईतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा २२ वर्षिय अजमेरी खातुनको शंकास्पद मृत्यु भएको भन्दै माईती पक्षले आज पत्रकारसम्मेलन गरेका छन् ।

आईतबार आफ्नै घरमा झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु भएका खातुनलाई हत्या गरी झुन्डयाइएको माईती पक्षको आरोप छ । मृतक खातुनकी माईतीपक्षकी हजुरआमा बतुलन खातुनले दुहबीमा पत्रकार समेलन गर्दे घटनाको बारेमा सत्यतथ्य छानविन गर्न माग गर्नुभयो ।

पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा खातुनको शव आइतबार भेटिएको थियो । इलाका प्रहरी कार्यालय दुहवीले खातुनको मृत्युलाई हत्या वा आत्महत्या यसै भन्न सकिने अवस्था नभएको बताएको छ ।

बेरीया गाउपालिका–२ की खातुनको लकडाउन भन्दा १ दिन अगाडी दुहबी–३ का हैदर अलिसंग मागी बिवाह भएको थियो । जसमा माईती पक्षले ऋण काढेर करीब १ लाख ५० हजार खर्च गरेको समेत बताएको छ ।

बिवाह भएको केही महिना देखी देखि श्रीमान हैदर अलिले मादक पदार्थ सेवन गरी यातना दिएको, निर्घात कुटपिट गरेको कुरो अजमेरीले फोन मार्फत माइती पक्षलाई पटकपटक जानकारी गराएको पनि माईती पक्षको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर