१ भाद्र, इलाम । इलामको चुलाचुलीमा मानव अधिकार मंञ्च नेपालले आयोजना गरेको चार दिने युवा सशक्तिकरण तालिम सम्पन्न भएको छ ।
पहिलो चरण अन्तर्गत चुलाचुली वडा नं. ४, ५ र ६ मा श्रावण ३० गतेबाट यो तालिम सुरु भएको थियो । चार दिनसम्म संञ्चालनभएको ‘युवा सशक्तिकरण समुहलाई मानव बेचविखन, सुरक्षित आप्रवासन तथा समूह परिचालन सम्वन्धी तालिम’मा युवाहरुलाई सोही विषयमा केन्द्रित रहेर तालिम दिईएको थियो ।
तालिममा सहभागी युवाहरुलाई मानव अधिकार मंञ्च नेपालका “सामाजिक रुपान्तरणको लागि युवा” परियोजनाका फिल्ड अफिर्सस् सुरेश पोर्तेल, सहजकर्ता गायत्री थेगिम लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिम प्रत्येक वडामा छुटछुट्टै रुपमा संञ्चालन भएको थियो । तालिममा सहभागी युवाहरुले युवाको हक–अधिकार, रोजगारीको व्यवस्था, नेतृत्व विकाश, सामुहिक कार्यका बारेमा धेरै जान्ने अवशर पाएको बताएका थिए ।
वडा नं. ५ को तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र सोही वडाका वडाध्यक्ष चन्द्रकुमार थापाको उपस्थिती रहेको थियो ।
भोलीबाट यो कार्यक्रम दोस्रो चरणमा चुलाचुली वडा नं. १, २ र ३ मा चार दिन सम्म संञ्चालन हुने छ ।