लिदी पहिरोः बेपत्ता ३८ मध्ये ११ जनाको शव फेला

३० श्रावण, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिरोले २७ घर पुरेको थियो..

दुई दिनभित्र ल्याब संञ्चालनको अनुमति दिलाउने मुख्यमन्त्री राईको प्रतिबद्धता

३० श्रावण, झापा । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा बनेको ल्याबको आज निरीक्षण गर्नु हुँदै मुख्यमन्त्री राईले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । “जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”–मुख्यमन्त्री राईले भन्नुभयो, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ..

सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए, ५ परिवार सम्पर्क विहिन

३० श्रावण, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहान पहिरो जादा १३ घर पुरिएको छ । पहिरो विहान ६ बजेको समयमा गएको थियो । पहिरोले थप केही घरहरू जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो । पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका..

उदयपुरबाट आन्द्राको उपचार गर्न आएकी महिलामा काेराेना पुष्टी

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । उनिमा काराेना पुष्टि भएसँगै उनि बसेकाे बुद्ध चौक स्थित एक होटल सिल गरिएको हाे । २३ वर्षीय महिलामा उदयपुरबाट आन्द्राको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेकी थिइन् । बुधबार आन्द्राको अप्रेसन गर्नुपुर्व पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी बसेको होटल सिल गरिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले..

गाेंगबु हत्याकाण्डः ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान

२७ श्रावण, काठमाण्डौँ । राजधानीको टोखा नगरपालिका–१० स्थित गाेंगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर..

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गयो

२७ श्रावण, झापा । झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । इलामको चुलाचुली–६ साक्फारा घर भई हाल दमक नगरपालिका १ मा बस्दै आएका २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार गएराती ९ बजे तिर घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका तामाङको..

दमकको मुख्य चैकमा ‘पेरुङ्गो होटल’ संञ्चालनमा

२७ श्रावण, झापा । दमकको मुख्य चैकमा पेरुङ्गो होटल सञ्चालनमा आएको छ । सोमबार देखि होटलले सेवा दिन सुरु गरेको छ । साहित्यकार पदम फियाक लिम्बु (बाटोघरे कान्छा)ले होटल सञ्चालनमा ल्याएका हुन् । दशक अघि देखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका बाटोघरे कान्छा दमकमा कुरियर व्यावसाय सञ्चालन गर्दै आएका थिए । कुरियर सेवासँगै अब कान्छाले पेरुङ्गो होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा मौलिक परिकारहरु वाचिप्पा, याङबेन, पेरुङ्गो डिक्स, सेकुवा, सुकुटी,..

क्यान्सर पिडित विरवहादुरलाई योडहाङ समाज इलामद्धारा आर्थिक सहयोग

२५ श्रावण, झापा । योङहाङ समाज इलामले क्यान्सर पिडित विरवहादुर श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । इलाम फाकफोकथुम–७ साविक एकतप्पा खम्बुवा निवासी श्रेष्ठलाई आज एक लाख ५५ हजार एक सय अठासी रुपैयाँ रकम हस्तान्तरण गरेको हो । करिव एक वर्षयता क्यान्सर रोगी श्रेष्ठको, बचाउ अभियानका लागि समाजले एक महिनादेखी आर्थिक संकलन अभियान सुरु गरेको थियो । अभियान अन्तर्गत देश विदेशमा रहेका सहयोगीहरुले आर्थिक सहयोग गरेका छन् । सो आर्थिक..

अधिकार प्राप्तीका लागि आदिवासी–जनजातिहरु एक हुनुको विकल्प छैनः पुर्व सांसद दुर्गा लिंखा

२५ श्रावण, धनकुटा । धनकुटामा आज २६ औं विश्व आदिवासी दिवशको अवसरमा “आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । अधिकार प्राप्तीका लागी आदिवासी जनजातिहरु संगठित र एकतावद्ध हुनु पर्ने आजको आवश्याक्ता रहेको अन्तरक्रियामा सहभागी वक्ताहरुले वताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै पुर्व सांसद एवं जनजाति महासंघ धनकुटाका संस्थापक संयोजक दुर्गा लिंखाले आदिवासी जनजातिहरुले..

विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना ‘समतामूलक समाज निर्माण गर्देछौँ’

२५ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको छ । छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई..