२ भाद्र, काठमाण्डौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
एक सय वर्ष कटिसक्नुभएका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो ।
उहाँको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।
घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।