सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई आज नहुने

३ पौष, काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वाेच्चले जनाएको हो ।  

राष्ट्रपतिसँग भेटेर मात्र अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाई

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेटेर अध्यादेश फिर्ता लिने बताउनुभएको छ । राष्ट्रपतिलाई एक पटक भेटेरमात्र अध्यादेश फिर्ता गर्ने नेकपाका आर्का अध्यक्ष प्रचण्डलाई प्रधनमन्त्री ओलीले बताउनुभएको स्रोतले जनाएको छ । हिजो आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, आज ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित हुँनुभएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले..

एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन

२ पौष, काठमाण्डौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो । समितिले..

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

१ पौष, काठमाण्डौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं. २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी..

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर

१ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको हो । तर, रिट दर्ता भने भइसकेको छैन । अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वाेच्च प्रशासनले अध्ययन गरिरहेको..

गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई

१ पौष, विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संर्घषपछि आएको संघियतालाई कसैले पनि समाप्त पार्न नसक्ने वताउनुभएको छ । विराटनगर–१४ मा निमार्ण हुन लागेको प्रदेश स्तरीय जनस्वाथ्य प्रयोगशालाको शिलान्यास गर्नुहुदै उहाँले नेपाली जनताका लागी संघियता उपहार भएको भन्दै संघिय प्रणाली अन्र्तगत सरकारले धेरै काम गरेको वताउनुुभयो । केहि मानिस सडकमा संघियताको विरोधगर्दै अर्काे विकल्प चाहियो भन्छन् तर आफु सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारमा उनिहरुले देश र..

पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो

१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था..

इलामको माङसेबुङमा पहिलोपटक राई वान्तावा भाषाको पठनपाठन हुने

३० मंसिर, इलाम । इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष सुनिता फोम्बोले जानकारी दिनुभयो । जिल्लामै पहिलोपटक प्रतिस्पर्धाबाट भाषा शिक्षक छनोट गरिएको हो । सो बान्तावा भाषा शिक्षकको लागि शान्ताकला राई छनोट भएकी..

अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने

३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..

सरकार आफै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव

३० मंसिर, काठमाण्डौँ । सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनुभएको छ । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उहाँले बताउनुभएको छ । संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उहाँले बताउनुभयो । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर..