सरकारी सेवालाई सरल र प्रभावकारी बनाउन ‘नागरिक एप्स’को शुभारम्भ

सरकारी सेवालाई सरल र प्रभावकारी बनाउन ‘नागरिक एप्स’को शुभारम्भ


२ माघ, काठमाण्डौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को शुभारम्भ गर्नुभएको हो ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप्स परीक्षणका रुपमा ल्याइएको जनाईएको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । सुशासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपालको दुरदृष्टि राखेको छ ।

सरकारको २०७५/७६ को नीति तथा कार्यक्रममा परिकल्पना गरेको नागरिक एप्स डिजिटल नेपाल अन्तर्गतको एउटा महत्त्वपूर्ण कार्यक्रम थियो । नागरिक एप्समार्फत राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायबाट प्राप्त हुने सेवाहरू कार्यालयसम्म नगई घरमै बसेर मोबाइल एप्समार्फत सूचना लिने र सेवा प्रदान गर्ने सुविधाको व्यवस्था गरिएको छ ।

नागरिक एपमार्फत हेलो सरकार तथा अन्य सरकारी निकायमा गुनासो दर्ता गर्न र गुनासोको सुनुवाइ भएरनभएको समेत जानकारी प्राप्त गर्न सकिने छ । यो एप्स सजिलैसँग सबै नागरिकले प्रयोग गर्न सक्नेछन् भने सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरणहरू रहेका छन् ।

नागरिक एप्सका फाइदाहरूः

–यो एप्स प्रयोग गर्दा समयको बचत हुनेछ ।

–सरकारी काम गर्दा कागजातहरू बोकेर हिँड्नु पर्ने र बुझाउनु पर्ने जस्ता झन्झट हट्ने ।

–खर्च जोगिने ।

–पारदर्शिता बढ्ने ।

–भ्रष्ट्राचार न्यूनीकरण गर्न सघाउ र्पुयाउने ।

नागरिक एप्स कसरी प्रयोग गर्नेः

–आफ्नो नाममा रहको मोबाइलबाट यो एप्स सञ्चालन गरी प्रयोग गर्न सकिने छ ।

–सबभन्दा पहिला प्ले स्टोरमा गई नागरिक एप्स डाउनलोड गर्ने ।

–भाषा छनौट गर्ने ।

–एप्समा आफ्नो नाममा रहेको मोबाइल नम्बर राख्ने ।

–मोबाइल नम्बर राखेपछि ६ अङ्कको भेरिफिकेसन कोड आउँछ त्यस कोडलाई राख्ने ।

–त्यसपछि नागरिकताको विवरणरमतदाता परिचयपत्ररराहदानी विवरण मध्ये एकको विवरण भर्ने त्यसपछि सेवा सञ्चालन हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर