२ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको उहाँले उल्लेख गर्नुभएको हो ।
संविधान निगरानी समूहद्वारा आज आयोजित कार्यक्रममा उहाँले अब मिल्ने सम्भावना नरहेको भन्दै ओली पार्टी सदस्य हुन योग्य समेत नरहेको बताउनुभयो । ओली मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने गरेको नेता नेपालको भनाई छ ।
यस्तै आजै पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने र ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । नेपाले हिजो मात्र ओलीमाथि कारबाहीको थपप कदम चाल्ने बताएका थिए ।
बुधबार प्रचण्ड–नेपाल समूहको सहकार्यको प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा विभाजनको आधिकारिता खोजेपछि शुक्रबार उक्त समूह एक कदम अगाडि बढेको छ ।