रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न संञ्चारमन्त्री गुरुङको निर्देशन

३० मंसिर, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न निर्देशन दिनुभएको छ । रेडियो नेपालमा २५ वर्ष स्थायी रुपमा सेवा प्रदान गर्नुभएका कर्मचारीहरूलाई दिर्घसेवा पदक वितरण गर्न आज रेडियो नेपाल, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले निजी क्षेत्रका रेडियोहरू भन्दा अग्रणी स्थानमा रहेर सेवा प्रवाहमा अगाडि बढ्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङले रेडियोमा रहेका सबल र सकारात्मक पक्षको पहिचान गरी प्राविधिक..

मेची नेत्रालयले दमकमा पहिलो पटक सुरु गर्यो आँखाको पर्दा सम्बन्धी सल्यक्रिया

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान गर्न सुरु गरेको हो । वि.सं. २०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी विगत २३ वर्षसम्म झापाको विभिन्न ठाउँमा रही आखाँ बिरामीहरुको उपचार सेवामा निरन्तर लागिरहनु भएका डा. राईको टोलिले दमकमा पहिलो..

प्रदेश–१ को कोशी कटान क्षेत्रमा २ अर्ब बढी लागतमा रिफ्रेसमेन्ट सेन्टर बन्दै

२५ मंसिर, सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रमा प्रदेश सरकारको करिव दुई अर्ब बढी लगानीमा रिफ्रेसमेन्ट सेन्टर बन्ने भएको छ । उक्त आयोजनाको बुधबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको छ । शिलान्यास पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले कोशीको बगरलाई सदुपयोग गरी निर्माण हुने यो रिफ्रेसमेन्ट सेन्टर मुलुककै गौरवपूर्ण परियोजना हुने बताउनुभयो । उहाँले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचनाले प्रदेश–१ को पर्यटन प्रर्वद्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो..

विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको गृह मन्त्रालयको निष्कर्ष

२५ मंसिर, काठमाण्डौँ । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाउनुभएको हो । गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले विप्लव समूहको पछिल्लो..

स्वयम्भूको स्तुपा नहटाउने मन्त्री नेम्वाङको भनाई

२५ मंसिर, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताउनुभएको छ । ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री उहाँले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने विश्वास दिलाउनुभएको हो । उहाँले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्नेमा आफू रहेको पनि स्पष्ट पार्नुभयो । आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका..

कुसुम लावती बचाऊ अभियान युके र नेपालद्वारा संकलित रकम हस्तान्तरण

झापा, २४ मंसिर । विगत लामो समय देखि एसएलइ रोगबाट ग्रसित कुसुम लावतीको परिवारलाई ७ लाख बढि सहयोग रकम हस्तान्तरण गरिएको छ । कुसुम लावती लिम्बु बचाउ अभियान युकेबाट जम्मा भएको ६ लाख ८ हजार पाँच सय ९० रुपैयाँ र नेपालमा बाटोघरे कान्छा(पदम)को पहलमा संकलित २ लाख ८३ हजार ९ सय ७० रुपैयाँ गरि ८ लाख ९२ हजार पाँच सय ६० रुपैयाँ संयुक्त रुपमा बिरामीको दाई दल बहादुर लावतीलाईं हस्तान्तरण..

अव प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण हुने

२४ मंसिर, काठमाण्डौँ । सूचना तथा प्रसारण बिभागबाट मात्र बितरण गरिदै आएको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाइन नविकरण अव जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण गर्न सकिने भएको छ । २०७७ मङ्सिर २२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सबै जिल्ला हुलाक कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गरिएको संञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यो सगैँ अव मोफसलमा बसेर पत्रकारीता गरिरहेकाहरुका लागि प्रेस पास नविकरण गर्न र अनलाईन नविकरण गर्न काठमाडौँसम्म..

एआईजी बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन

२४ मंसिर, काठमाण्डौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न गत १५ मंसिरमा सिफारिस गरेको थियो । पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी २७ कार्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो । तत्कालिन उपप्रधानमन्त्री ईश्वर..

प्रक्रिया नै मिचेर सिद्धबाबालाई सफाईः पीडित पुगिन् प्रधानन्यायाधीश भेट्न

२३ मंसिर, सुनसरी । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वाेच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वाेच्च अदालत पुगेकी उनले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि उनको सचिवालयमा गुनासो सुनाएर फर्केको बताईएको छ । जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि पीडित विक्षिप्त अवस्थामा पुगेकी छिन् । त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालयमा..

आज थपिए १३ सय ८२ जना कोरोना संक्रमित

२३ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा १३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तैगरी वितेको २४ घण्टामा १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।