जंगली हात्तीले चुलाचुली–५ मा घर भत्कायो, अन्नवालीमा समेत क्षती

जंगली हात्तीले चुलाचुली–५ मा घर भत्कायो, अन्नवालीमा समेत क्षती


३ माघ, इलाम । इलामको चुलाचुली–५ आँपझोलामा आज विहान करिब साढे २ बजेतिर जंगली हात्तीले घर भत्काएको छ । स्थानीय टेक बहादुर दाहालको तीन महिना अघि निर्माण सम्पन्न भएको नयाँ घरको भित्तामा जंगली हात्तीले क्षति पुर्याएको हो ।

झापाको हंसेदुम्से सामुदायीक वनबाट बस्ति छिरेको हात्तीले अन्य गाउँलेहरुको समेत अन्नबाली तोरी, फापर, गोलभेडा लगायतको अन्नवालीमा समेत क्षती पुर्याएको स्थानिय दिपेन्द्र गौतमले जानकारी दिनुभयो । उक्त क्षतिप्रति स्थानीय सरकाकारले चाँडो ध्यान पुर्याउन स्थानीयले आग्रह गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर