समाचार
लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष योङहाङद्वारा विद्यालयलाई आर्थिक सहयाेग
२८ पाैष, इलाम । लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङले आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग रकम प्रदान गरेकाे छ । माङसेबुङ २ स्थित सरस्वती आधारभुत विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा याेङहाङले पाँच हजार रुपैयाँ सहयाेग गरेका हुन्। याेङहाङले साे रकम विद्यालयका प्रध्यानध्यनपक अम्बिकाप्रसाद राईलाई हस्तान्तरण गरेका थिए । आफु कखरा पढ्न सुरु गरेकाे विधालयको अक्षयकोषमा सहयाेग गर्न पाउँदा खुसि भएकाे याेङहाङले बताएका छन् । विगतका वर्षहरुमा साथहरुसँग भेटघाट गरि जन्माेत्सव मनाउने..
डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
२७ पौष, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भईरहेको अंन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको जनाईएको छ । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेको उल्लेख गरिएको छ । उक्त प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”मा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै..
बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पती गोर्खा वेल्फेयर ट्रस्टलाई
२५ पौष, काठमाण्डौँ । बेलायती सेनाका पूर्व प्रमुख (डिफेन्स स्टाफ चिफ) लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको एक चौथाई (२५ प्रतिशत) हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा गोर्खा वेलफेयर ट्रष्टलाई दिनको लागि विल अर्थात इच्छापत्र गराएका थिए । यसैगरी बाँकी तीन हिस्सामध्ये ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक हिस्सा र बाँकी दुई..
किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न
२३ पौष, झापा । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न भएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका वरिष्ठ जेष्ठ नागरिक प्रेमबहादुर खोयाहाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो सातौं स्थापना दिवस कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । दमकस्थित संघको मुख्यालयको प्राङ्गणमा आयोजना गरिएको सातौं स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्नुहुने थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।..
मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा
२४ पौष, काठमाण्डौँ । उपत्यकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो । निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार धेरै काम सकिए पनि..
चार पूर्वप्रधानन्यायाधीशको निश्कर्षः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक !
२४ पौष, काठमाण्डौँ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताउनुभएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्काे अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको ब्यहोरा वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नै पार्टीका केही..
अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वमदेवको भनाई
२३ पौष, काठमाण्डौँ । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजादा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक विहीवारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको अरोप लगाउनुभयो । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजिनामा दिने थिएँ भन्नुभयो । गौतमले भन्नुभयो–‘म पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन..
सबै जिल्लामा नेकपाको कित्ताकाट (सबै जिल्लाको विवरण सहित)
२२ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहबाट सुरु भएको विभाजन तल्लो तहसम्म पुगेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन् । धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। । जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई भने कतै खुलेका छैनन् । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट..
काठमाण्डौँको वायु प्रदूषण सुधार हुदै
२२ पौष, काठमाण्डौँ । काठमाण्डौँमा वायु प्रदूषणको स्तरमा सुधार आएको छ । मौसममा सुधार आएसँगै राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तर घटेको छ । केही दिन देखी वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो..
संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा
२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो । कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७