समाचार
सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर
२३ मंसिर, सुनसरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको हो । आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गर्नुभएको हो ।
बलात्कार आरोपी सिद्धबाबाले पाए सफाई
२२ मंसिर, सुनसरी । बलात्कार आरोपी सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)ले सफाई पाएका छन् । सुनसरी जिल्ला अदालतले उनलाई सफाई दिएको हो । जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ । यता विश्व हिन्दू परिषद्ले सिद्धबाबा सफाईको स्वागत गरेका छन् । गलत मनसाय राखी सन्तमाथि आरोप लगाईएको परिषद्को भनाई छ ।
श्रीलंका, कोरिया र इजिप्टका लागि राजदूत सिफारिस
२३ मंसिर, काठमाण्डौँ । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको बताईएको छ ।
वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न
२३ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठक बसेको केही बेरमा नै बैठक सकिएको हो । प्रधानमन्त्रीले आयोजना गर्नुभएको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रि गर्नुभएको स्रोतले जनाएको छ ।
मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्यो
२३ मंसिर, खोटाङ्ग । मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढेको छ । नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएसँगै यस क्षेत्रमा राज्यको चासो बढेको हो । पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा सङ्खुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा परेपछि स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् । प्राकृतिक सुन्दरताले भरिएको ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो..
लाइसेन्स नवीकरणको समय थप, मंसिर समान्तसम्म जरिवाना नलाग्ने
२३ मंसिर, काठमाण्डौँ । मंसिर समान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयले एक सुचना जारी गर्दे मन्त्रिपरिषद्को निर्णय अनुसार लाइसेन्स नवीकरणमा लाग्ने जरिवाना मंसिर मसान्तसम्म छुट भएको सूचना सार्वजनिक गरेको छ । यसअघि कोरोना संक्रमणका कारण लकडाउन भएपछि भाद्र मसान्तसम्म नवीकरण गर्न सकिने सूचना जारी गरिएको थियो । तर, भाद्र मसान्तसम्म पनि लकडाउन..
नेपाल–भारत पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न दुई देश सहमत
२३ मंसिर, काठमाण्डौँ । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालको उक्त प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृृत व्यापार नियन्त्रणका लागि बनेको नेपाल र भारतका सचिवस्तरीय अन्तर सरकारी समितिको सोमबार सम्पन्न भिडियो कन्फरेन्समार्फत..
सगरमाथाको नयाँ उचाई भोली सार्वजनिक गरिदैँ
२२ मंसिर, काठमाण्डौँ । भोली (मंगलबार) नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार भोली नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको हो । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो । स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै..
सुनकोसी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न १२ कम्पनी ईच्छुक
२२ मंसिर, काठमाण्डौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले प्रस्ताव पेश गरेका छन् । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीय मुलुकका निर्माण कम्पनीले प्रस्तावना पेश गरेको सिंञ्चाइ विभागले जनाएको छ । अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ । सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक..
इलामको रोङ गाउँपालिकामा साईकल ट्रेलको सम्भाव्यता अध्ययन
२१ मंसिर, इलाम । इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिकाले साईकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को पाटापुरसम्म साइकल ट्रेल बनाइनेछ । हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो, ब्रिटिसटार, गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा, रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा सिद्धि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७