१ माघ, इलाम । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू इलामको २४ औँ जिल्ला सम्मेलन आयोजक कमिटीको घोषणा गरिएको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीले एक विज्ञप्ती जारी गर्दे सो जानकारी दिएको हो । गत पौष २८ गते अनेरास्ववियू इलामका संयोजक प्रवेश पराजुलीको अध्यक्षतामा र अनेरास्ववियू केन्द्रिय कमिटी कार्यलय सदस्य रस्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाबाट सो आयोजक कमिटीको घोषणा गरिएको विज्ञप्तीमा जनाईएको छ ।
अनेरास्ववियू इलामको ९९ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजकमा मिलन खत्री र सह–संयोजकमा राजेन्द्र फागो रहेका छन् । त्यसैगरी १३ सदस्य कार्यलय सदस्यमा संयोजक खत्री र सह–संयोजक फागो सहित मनोज लिम्बु, सचिन राय, अतित योङ्हाङ, मुना धिताल, गोपाल आचार्य, सम्झना राई, सुमन दियाली, निशेष राई, दर्शन राई, शुसान्त चापागाई र अर्जुन योङ्हाङ् रहेका छन् ।
त्यसैगरी सचिवालय सदस्यहरुमा कार्यलय सदस्य सहित सुवास भण्डारी, पुष्प चापागाईं, इक्सा तुम्रोक, लोकनाथ गौतम, सरन तामाङ, प्रतिमा रिजाल, भावना मगर, दिपा लिम्बु, विहानी राई, प्रिया राई, मनिराम राई, विशाल कार्की र मौषम राई रहेका छन् । सदस्यहरुमा आषिश लिम्बु, विदिसा आचार्य, प्रकाश तामाङ, दिपेन्द्र गौतम, दिवस राई लगायत ९९ जना रहेका छन् ।