चुलाचुलीका इन्जियर खड्का र लेखाअधिकृत भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

चुलाचुलीका इन्जियर खड्का र लेखाअधिकृत भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

२६ साउन, इलाम । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काउपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस–रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको टंगाल र इटहरीबाट खटिएको टोलीले गत असार ३१ गते इन्जिनियर खड्कालाई ६ लाख रुपैयाँ घुससहित समातेको थियो ।

अनुसन्धानको क्रममा लेखा अधिकृत भट्टराईसहितको योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रियाका निम्ति सेवाग्राहीसँग घुस मागेको खुलेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर