
२४ साउन, झापा । चुनावमा घण्टी बजाउँदै हिँड्नेहरू भान्सामा खाना पकाउने एलपी ग्यास नपाउदा “कसको ढोका ढकढक्याउने” भन्दै फेसबुकमा भडास पोख्न थालेका छन ।
युट्युबर भोजराज थापाले घरमा ग्यास सकिएको १० दिन भइसक्दा पनि ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमार्फत मनको वह पोखे । उनले ग्यास पाइएन भन्दै कहाँ गुनासो गर्ने भन्ने प्रश्नसमेत गरेका छन् ।
उनले आफूलाई गुनासो गर्दा “खाइस ! तैले खुब चुनावमा घण्टी बजाउँदै हिँडेको हैनस् ?” भन्ने जवाफ आउने गरेको भन्दै फेसबुकमार्फत भडास पोखेका छन् । अन्ततः “लु भयो गुनासो कसैसँग छैन। म चुप छु।” भन्दै उनले आफ्नो दुखेसो व्यक्त गरेका छन् ।
ग्यासको अभावमा सर्वसाधारणले लामो समयदेखि खेप्दै आएको सास्तीका बीच थापाको गुनासो पनि त्यही पीडाको अर्को प्रतिनिधि आवाज हो । सुसासन भोलीबाटै लागू गर्ने, जनताको आधरभूत आवस्यक्ता “छु मन्तर” गरेर हटाईदिने जस्तै गरी चुनाबी नारा दिएर उदाएको रास्वपाको बालेन सरकारले अहिले जनतालाई मल, ग्यास जस्ता अत्यावस्यक सामान समेत बिरतण गर्न सकेको छैन । यातायात कार्यलय, राहदानी बिभागमा लाईन उस्तै छ । अस्पतालमा उतिकै समस्याको चाङ छ । रास्वपा सांसदहरु दैनिकजसो नया हत्कण्डा र काण्ड निकालिरहेका छन ।
यिनै बेतिथी र समस्याले रास्वपालाई मत दिएका नागरिकहरु भन्दैछन हाम्रो भोट फिर्ता दे !





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७